२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशी सरकारमा कांग्रेस तत्कालै सहभागी नहुने

नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले कांग्रेस तत्कालै कोशी सरकारमा सहभागी नहुने बताएका छन्।

शुक्रबार नागरिक न्यूजसँग कुरा गर्दै थापाले कोशी सरकारमा तत्कालै कांग्रेस सहभागी नहुने बताएका हुन्।

थापाले भागबण्डा लगायतका विषय केन्द्रले टुंगो नलगाएका कारण तत्कालै कोशी सरकारमा कांग्रेस सहभागी हुन नसक्ने स्पष्ट पारे। थापाले अन्य प्रदेशहरूमा पनि विवाद आइरहेको र कोशीका विषयमा केन्द्रीय नेतृत्वले भागबण्डा, मन्त्री नियुक्ती लगायतको विषय टुंगो लगाई नसकेका कारण तत्कालै कांग्रेस सरकारमा सहभागी हुन नसक्ने बताए।

उनले भने,‘केन्द्रले भागबण्डा, मन्त्री नियुक्ती लगायतका विषय टुंगो नलगाएका कारण तत्कालै कांग्रेस सरकारमा सहभागी हुन सक्दैन।’ सबै विषय टुंगो लाग्न अझै केही दिन लाग्ने थापाले जानकारी दिए।

यता सरकारमा सहभागी माओवादी केन्द्रले सरकार छाड्ने तयारी गरिरहेको छ। माओवादीले सरकार छाडे पनि केन्द्रले सबै विषय  टुंगो नलगाएसम्म कोशी सरकारमा कांग्रेस सहभागी नहुने नेता थापाले स्पष्ट पारेका छन्। 

अरु प्रदेशमा जस्तो विवाद कोशीमा आउन नदिन कांग्रेस सरकारमा जान हतार नगर्ने थापाले बताए। कोसी सरकारमा सहभागिताबारे केन्द्रमा छलफल भइरहेका कारण चाँडै सबै विषय टुंगो लाग्ने सम्भावना रहेको थापाले बताए। 

प्रकाशित: ११ श्रावण २०८१ १४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App