२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशी प्रदेश सरकारबाट बाहिरिँदै माओवादी

कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिने भएको छ। गत असार १७ गते केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिन लागेको हो।

केन्द्रीय गठबन्धन अनुसारको सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादी केन्द्रले जनाएको छ।

कोशी प्रदेश सरकारमा माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती, स्वास्थयमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायणबहादुर मगर मन्त्री छन्। यस्तै पर्यटनमा बन्दना झागर राज्यमन्त्री छन्।

प्रकाशित: ११ श्रावण २०८१ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App