२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

बागमती प्रदेशमा मुख्यमन्त्री लामाले लिए शपथ, मन्त्रिमण्डल पनि विस्तार

कांग्रेसका मन्त्री बिना विभागीय

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई बुधबार एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ गराएका हुन्।  

नवनियुक्त मुख्यमन्त्री लामाले बुधबार नै कांग्रेस र नेकपा (एमाले)बाट मन्त्रीहरु समावेश गर्दै मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले कांग्रेसबाट ३ र एमालेबाट ६ जनालाई मन्त्रिपरिषद्‍मा सहभागी गराएका छन्।  

बुधबार शपथ लिनेमा एमालेबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्री, अमनकुमार मास्के भौतिक पूर्वाधार मन्त्री, किरण थापा मगर स्वास्थ्य मन्त्री, कृष्णप्रसाद शिलवाल वन तथा वातावरण मन्त्री, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात मन्त्ती र सुकमाया तामाङ उद्योग वाणिज्य भूमी तथा प्रशासन मन्त्री रहेका छन्। 

यस्तै कांग्रेसबाट ३ जनाले शपथ लिएका छन्। कुन्दनराज काफ्ले, श्यामबहादुर खड्का र मधुकुमार श्रेष्ठले मन्त्रीको शपथ लिएपनि उनीहरुको जिम्मेबारी भने तोकिएको छैन। 

लामा नेतृत्वको बागमती सरकारमा कांग्रेसबाट मुख्यमन्त्रीसहित ७ र एमालेबाट ६ जना मन्त्री बनाउने सहमति भएको थियो। कांग्रेसबाट सरकारमा जाने ३ जनाको भने नाम टुंगो लाग्न बाँकी छ। 

कांग्रेस संसदीय दलका नेता लामालाई मंगलबारमात्र प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

प्रकाशित: ९ श्रावण २०८१ १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App