२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

बागमतीमा कांग्रेसले लामालाई मुख्यमन्त्री बनाउने, जम्कट्टेलको विपक्षमा मतदान गर्ने

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ।

आइतबार हेटौँडामा बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि संसदीय दलका नेता लामालाई अघि सार्ने निर्णय गरेको हो।

यस्तै बैठकले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ। जम्कट्टेलको विश्वासको मतको विरुद्धमा मतदान गर्ने निर्णय गरेको कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए।

‘कांग्रेसको संसदीय दलको बैठकले दलका नेता बहादुर सिंह लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने र वर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विरुद्धमा मतदान गर्ने निर्णय गरेको छ’, लम्सालले भने।

बागमती प्रदेशसभामा कांग्रेसको ३७ सांसद रहेको छ। मुख्यमन्त्रीमा प्रदेश सभापति एवं सांसद इन्द्र बानियाँले समेत इच्छा देखाउँदै आएका थिए। बागमती प्रदेशमा कांग्रेसले पहिलो पटक सरकारको नेतृत्व गर्ने अवसर पाउन लागेको हो।

यहाँ मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो विश्वासको मत लिँदैछन्। उनको पक्षमा विश्वासको मत नपुग्ने पक्कापक्की रहेको छ। दुई ठूला दल कांग्रेस र नेकपा एमालेको मात्रै पनि बहुमत रहेको छ। जम्कट्टेलले विश्वासको मत गुमाएसँगै कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्नेछन्।

प्रकाशित: ६ श्रावण २०८१ १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App