१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

शिव परियारकाे राजनीतिक चासो: बालेनलाई सिध्याउन रास्वपाले नयाँ खेल खेल्दै छ

गायक शिव परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालको पछिल्लो प्रतिवेदनलाई लिएर अभिव्यक्ति दिएका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले रास्वपाले मेयर बालेनलाई सिध्याउन नयाँ खेल खेल्न लागेको टिप्पणी गरेका छन्।

‘अचानक नाटकीय स्वरूपमा रास्वपाले आफ्नो नयाँ प्रतिवेदनमा बालेनसँग मिलेर नगए भविष्यमा पार्टीलाई भारी पर्ने र भविष्यमा पार्टी सकिनेसम्मको समाचार बाहिर आएको देखियो  र, अहिले सरकारबाट बाहिर निस्कनुपर्ने धारणा राखेको पनि देखियो,’ शिवले लेखेका छन्, ‘मेरो विचारमा यो २०८४ सालमा हुने चुनावी रणनीतिका लागि पूर्व देखाएर पश्चिमतिर पड्काउने नेपाली राजनीति अति नै पुराना खेलाडीको योजना र डिजाइन अनुरूप, पार्टीको एउटा खेमाले बालेनसँग मिल्न चाहेको सन्देश प्रवाह गर्नुले बालेन नयाँ शक्तिको रुपमा उदाउन सक्ने पूर्वानुमानसहित अन्ततः बालेनलाई सिध्याउने नीति अनुरूप लामो समयको खेल तालिकासहित नयाँ खेलको सुरुवात हुन लागेको महसुस हुन्छ ’

उनले यसबाट सावधान रहन पनि मेयर बालेन शाहलाई आग्रह गरेका छन्।

इलाम–२ को उपनिर्वाचनमा अपेक्षा विपरीत जमानत जफत भएपछि झस्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई ‘समीक्षा यात्रा’मा पठाएको थियो। सोही समीक्षा यात्राको प्रतिवेदन ढकालले बुझाएका छन्।

सो प्रतिवेदनमा पार्टी बिरामी भएको र अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताएका छन्। ढकालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गरेर रास्वपा अघि बढ्नुपर्ने प्रतिवेदन तयार पारेका छन्। बालेसहित धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालसँग पनि सहकार्य गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

उक्त प्रतिवेदनले पार्टीमा मात्रै नभएर राष्ट्रिय राजनीति नै तरङ्गित बनिरहेको छ।

प्रकाशित: १४ असार २०८१ १२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App