१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले कालीकोट अधिवेशन चैत २१ मा कालीकोट

नेकपा एमाले कालीकोटको जिल्ला अधिवेशन चैत २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ। पार्टीको ११ औं जिल्ला अधिवेशन सदरमुकाम मान्ममा गर्ने र चैत १० गते स्थानीय कमिटीमा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको एमाले कालीकोटले जनाएको छ।

जिल्ला अधिवेशनका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा एमाले कालीकोटले भ्रातृ संगठनलाई अधिवेशनमा भाग लिन पाउने निर्णय गरेको छ।

जिल्लाका क्रियाशिल भ्रातृ संगठनबाट तीन जनाका दरले ६५ जना प्रतिनिधि आउन पाउने निर्णय गरेको हो। आयोजक कमिटीका १ सय ९ जना स्थानीय तहबाट आउने १ सय ८५ जना र प्रतिनिधि संख्याको पाँच प्रतिशतका दरले मनोनित गरेर ३ सय ८० जना प्रतिनिधि छनोट हुने भएका छन्।

जिल्ला अध्यक्ष जसिप्रसाद पाण्डेले आर्थिक लगायतका सबै हिसाबले खुला प्रतिनिधिका लागि ३५ जना बराबर १ जना र दलित महिलाको हकमा २५ जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनोट गर्ने निर्णय गरेको बताए। अधिवेशनका लागि सात वटा उपसमिति समेत गठन गरिएको छ।

एमाले कालीकोटका उपाध्यक्ष दयाराम सिम्खडाले सकेसम्म ११ औँ अधिवेशनको नयाँ नेतृत्व सहमतिका आधारमा छनोट गर्ने बताए। उपाध्यक्ष सिम्खडाले पहिलो सहमतिमै जोड दिने भएकाले निर्वाचनको सोच कसैले पनि बनाउन नहुने बताए।

अधिवेशन नजिकिएपछि सबै तयारी थालिएको छ।

प्रकाशित: २ चैत्र २०८० ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App