२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्ता साझेदार पाँच दलबीच सात बूँदे सहमति, सरकारलाई सुदृढ र सफल पार्ने प्रतिबद्धता

सत्ता साझेदार पाँच राजनीतिक दलहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पुर्नगठित सरकारलाई सुदृढ र सफल पार्ने लक्ष्यका साथ मंगलबार सात बूँदे समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

समझदारी पत्रमा हस्ताक्षर गर्नेहरूमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन्।

यीनले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा माओवादी केन्द्र«का उम्मेदवारलाई समर्थन गर्ने, नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने सहमति गरे।

यसैगरी सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, देशमा आर्थिक समस्या सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बिचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने सहमति पनि यी दलहरूबिच भएको छ।

यसैगरी राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवाद उन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वका दिशामा अघि बढ्न सहमति भएको जनाएका छन्।

 

प्रकाशित: २९ फाल्गुन २०८० १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App