१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूद्वारा शपथग्रहण

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

सङ्घीय संसद भवनको लोहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले १९ जना नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।

आइतवार राति १२ बजेदेखि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको छ।

रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका थिए भने एकजना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन्।

प्रकाशित: २१ फाल्गुन २०८० १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App