११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

६ वर्ष पछि एकै ठाउँ आउँदै महन्थ र हृदयेश

६ वर्ष पछि लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी एकै ठाउँ लागेका छन्। २०७४ सालको निर्वाचन अघि छुट्टिएका दुबै नेता फेरि एकै ठाउँ आउन लागेका हुन्।

लोसपाका सचिव मनिष मिश्रले लोसपा र जप्रपाबीच कार्यगत एकता हुने निश्चित भएको बताए। एक/दुई दिनमा यसको घोषणा हुने उनको भनाइ छ। ‘कार्यगत एकता गर्न जप्रपाले हामीलाई प्रस्ताव पठाएको छ। त्यसबारेमा छलफल भइरहेको छ’मिश्रले भने,‘अब एक दुई दिनमा टुंगो लाग्छ।’ कार्यगत एकता भइसके पछि यी दुई पार्टीवीच एकीकरण हुने सम्भावना रहेको छ।’

२०७४ मा तत्कालिन ६ तराई/मधेस केन्द्रीत दलबीच एकीकरण भइ राष्ट्रिय जनता पार्टी (राजपा) गठन भए पछि त्रिपाठी एकीकृत पार्टीको अध्यक्ष मण्डलको सदस्य हुन चाहेका थिए। तर, ठाकुरले त्रिपाठीलाई अध्यक्ष मण्डलको सदस्य बनाएनन्। त्यस पछि त्रिपाठी ठाकुरसँग रुष्ट भएका थिए।

२०७४ को निर्वाचन अघि उनले तत्कालिन राजपा छाडेर स्वतन्त्र भएका थिए। २०७४को प्रतिनधि सभाको निर्वाचनमा उनले नेकपा (एमाले)को चिन्ह लिएर चुनाव जितेका थिए।

२०७९ मा भने उनले नयाँ जप्रपा नाम गरेको नयाँ पार्टी खोलेका थिए। यो पार्टी अहिले निष्कृय अवस्थामा छ। २०७९को निर्वाचनमा यस पार्टीले काँही पनि सफलता हाँशिल गर्न सकेको थिएन। ठाकुर र त्रिपाठी लामोसमयसम्म एक ठाउमा थिए। तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)मा ठाकुर अध्यक्ष थिए भने त्रिपाठी सहअध्यक्ष थिए।

प्रकाशित: ३ फाल्गुन २०८० १३:२४ बिहीबार

लोकतान्त्रिक समाजावदी पार्टी लोसपा महन्थ ठाकुर जनता प्रगतिशील पार्टी हृदयेश त्रिपाठी मनिष मिश्र