१२ असार २०८१ बुधबार
image/svg+xml

६ वर्ष पछि एकै ठाउँ आउँदै महन्थ र हृदयेश

लोसपाका सचिव मनिष मिश्रले लोसपा र जप्रपाबीच कार्यगत एकता हुने निश्चित भएको बताए। एक/दुई दिनमा यसको घोषणा हुने उनको भनाइ छ।

राजनीतिमा धनको हावी भए युवाहरुको भविष्य समाप्त हुन्छः हृदयेश त्रिपाठी

उनले आफू जीवनको अन्तिम पटक निर्वाचन लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासँग भिक्षा मागेको बताए।

अनुभवी त्रिपाठीलाई अर्बपति चौधरी चुनौती

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपालका एक मात्र अर्बपति विनोद चौधरी पनि प्रतिस्पर्धामा छन्।

नवलपरासी–१ का उम्मेदवार चौधरी र त्रिपाठीबीच आरोप-प्रत्यारोप

जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं नवलपरासी १ मा नेकपा एमाले समर्थित उम्मेदवार हृदयेश त्रिपाठीले गठबन्धनका उम्मेदवार विनोद चौधरी कुनै नेता नभएको आरोप लगाएका छन्।

जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेल गर्ने सहमति

अन्य राजनीतिक दलहरुसँग पनि चुनावी तालमेल गर्दै अघि बढने योजना अनुसार नेकपा (संयुक्त) सँग पनि सो सहमति गरिएको जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले स्पष्ट पारे। उनले आगामी निर्वाचनबाट आउने परिणामलाई आफूहरुले स्विकार गरेर जाने बताए।

निजामति कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण: सांसद त्रिपाठी

मंगलबार प्रतिनिधि सभाको बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालको निजामति कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण रहेको बताएका हुन्।

चाहिनेभन्दा बढी उपकरण खरिद हुन्छ, उपयोग हुँदैन

पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालका धेरैजसो सरकारी अस्पतालले चाहिनेभन्दा बढी उपकरण खरिद गर्ने र उपयोग नगरीकनै फेरि नयाँ किन्ने गरेको विषय एक वर्षअघि सार्वजनिक गरेका थिए।

हृदयेश त्रिपाठी समूहले एमसीसीको पक्षमा मतदान गर्ने

एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको छ। त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ। सो पार्टीसँग अहिले दुई सांसद छन्।

त्रिपाठी संयोजकत्वमा नयाँ पार्टी घोषणा

उनले मंगलबार जनता प्रगतिशील पार्टी नामको नयाँ दल घोषणा गरेका छन्। नयाँ पार्टी घोषणासँगै एमालेसँग उनको सहकार्य बन्द भएको छ। प्रतिनिधिसभा सदस्यका लागि २०७४ मा भएको निर्वाचनमा त्रिपाठी एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर लडेका थिए।

१२ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याइने: मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालकालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।

हृदयेश त्रिपाठी समूहले तत्काल नयाँ पार्टी खोल्दै

भदौ महिनसम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका त्रिपाठीले बताए। ‘भदौ महिनाभित्रै नयाँ पार्टी खोल्छाैँ,’ त्रिपाठीले भने, ‘नयाँ पार्टी खोल्ने निश्चित भएको छ।’ त्रिपाठी समूहले पार्टीको सम्भावित पाँचवटा नाम पनि जुराएको छ। तर, त्रिपाठीले नामबारे खुलासा गर्न चाहेनन्।

हेलचक्र्याइँ गरे संक्रमण भयावह

जनस्वास्थ्य मापदण्ड पालनामा लापरबाही जारी रहे छिटै दैनिक ११ हजारजनाका दरले कोरोना संक्रमण बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ। यस हिसाबले आगामी असारसम्ममा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण हुने आकलन गरिएको छ।

लकडाउन हुँदैनः स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा सम्बोधनका क्रममा मन्त्री त्रिपाठीले कोभिड–१९ रोकथामका लागि लकडाउनमा नजाने बताएका हुन्।

जनस्वास्थ्यको मापदण्डलाई उच्चतम रुपमा पालना गर्न आवश्यक : स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गरेका छन्।

छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने कुसंस्कारको अन्त्य गरौं : हृदयेश त्रिपाठी

स्वास्थ्य तथा जनङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले महिला र किशोरीका सार्वजनिक र राजनीतिक जीवनमा अर्थपूर्ण सहभागिताका लागि क्षमता अभिवृद्धिमा थप लगानी गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, 'लिङ्ग छनोट गरी छोरीको जन्मलाई निषेध गर्ने कार्यको समग्र मूल कारणलाई सम्बोधन र यससम्बन्धी रणनीति कार्यान्वयनका लागि नेतृत्वदायी निकायको हिसाबले स्वास्थ्य मन्त्रालय अन्य मन्त्रालयसँग काम गर्न प्रतिबद्ध छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्