३ वैशाख २०८२ बुधबार
image/svg+xml १२:३१ अपराह्न
राजनीति

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार टुङ्ग्याउँदै एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ। बैठक बिहान ११ बजे बस्ने छ।

पछिल्लो २ दिनदेखि जारी बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नेलगायत विषयमा भइरहेको छलफलबारे आज अन्तिम निर्णय हुन सक्ने एक नेताले बताए।

गत बुधवारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा ४० केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन्। आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने छ। सबैले धारणा राखिसकेपछि बैठक सम्पन्न गर्ने तयारी रहेको ती नेताले बताए।

प्रकाशित: १३ पुस २०८० ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App