१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पदमा बसिरहन जरुरी छैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफू पनि पदमा बसीरहन जरुरी नभएको बताएका छन्।

आज  सिंहदरबारस्थित आफ्नै कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। प्रधानमन्त्री दाहालले कमजोर कार्य सम्पादन गर्ने मन्त्रीहरुले पनि पद ओगटेर बस्न नहुने बताए। उनले मन्त्रीहरुप्रति संकेत गर्दै हरेकले आआफनो भुमिकालाई न्याय हुनेगरी काम गर्नुपर्ने नैतिक दबाब रहेको बताए।

प्रधानमन्त्री दाहालले संघीयतालाई वास्तविक रुपमा कार्यान्वयन गराउने काममा आफू दृढ र प्रतिवद्ध रहेको समेत बताए।  

प्रकाशित: १० पुस २०८० १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App