१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

काठमाडौँ प्रशासनले भन्योः प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न दिँदैनौ

फाइल तस्बिर

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न नदिने भएको छ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यले प्रसाईँलाई कुनैपनि हालतमा तीनकुनेमा प्रदर्शन गर्न नदिइने बताएका छन्।

‘हामीलाई औपचारिक रूपमा जानकारी पनि आएको छैन। अनुरोध पनि आएका छैन। सुरक्षा संवेदनशीलताका दृष्टिकोणले हामीले त्यहाँ कार्यक्रम गर्न दिँदैनौ’, उनले नागरिक न्यूजसँग भने। 

आचार्यले विमानस्थल नजिकै भएकाले पनि तीनकुने सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएको उल्लेख गर्दै भने, ‘आइकाओको मापदण्डले पनि त्यहाँ कार्यक्रम गर्न दिँदैन।’ 

उनले अनुमति नलिई सुरक्षा संवेदनशील स्थानमा प्रदर्शन गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे। ‘उहाँलाई हामीले तोकेको स्थान बल्खु हो, त्यो बाहेकमा प्रदर्शन गर्न दिँदैनौ’, आचार्यले भने।  

यता प्रसाईँ बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै शुक्रवारदेखि तीनकुनेमै प्रदर्शन गर्ने जनाएका थिए। उनले तीनकूनबाट प्रदर्शन गरेर सिंहदरबार पुग्ने पनि बताएका थिए। प्रसाईँले गणतन्त्र नफालेसम्म प्रदर्शन निरन्तर रहने चेतावनी सरकारलाई दिएका छन्।  

बिहीवारको प्रदर्शनमा अपेक्षा गरेभन्दा कम प्रदर्शनकारीहरू आएको सुरक्षा निकायहरूले अड्कल गरेका छन्। व्यवसायी प्रसाईँले आफ्नो आन्दोलन श्रीलङ्का स्टाइलमा अघि बढ्ने जानकारी पनि दिएका थिए।  

उनको नेतृत्वको बिहीवारको प्रदर्शनीमा उपस्थितहरूको सङ्ख्या अपेक्षाकृत नभएको सुरक्षा निकायहरूले आँकलन गरेका छन्। सुरक्षा निकायका अनुसार बढीमा ९ हजार सर्वसाधारणको उपस्थिति हुने सक्ने उनीहरूको आकलन छ।

प्रकाशित: ८ मंसिर २०८० ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App