९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री कार्की विश्वासको मत लिँदै, यस्तो छ हिसाबकिताब

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्। सत्तारुढ गठबन्धनको निर्णय विपरित विद्रोह गरेर कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत पाउने लगभग निश्चित छ।  

नेकपा एमालेका ३९ र काँग्रेसका ८ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई गठबन्धनका दलहरूले समेत विश्वासको मतदिने लगभग निश्चित भइसकेको छ।  

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कार्कीलाई विश्वासको मत दिने निर्णय नै गरिसकेका छन्। मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने विषयमा छलफल गर्न नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरू भएको छ।  

राप्रपाले भने कार्कीलाई विश्वासको मत नदिने यसअघि नै बताइसकेको छ। राप्रपाको पनि संसदीय दलको बैठक बसिरहेको छ। राप्रपाले विश्वासको मत नदिने भएपनि तथस्ट बस्ने वा विश्वासको मतको विपक्षमा मतदान गर्ने भन्ने विषयमा संसदीय दलको बैठकले निर्णय गर्ने राप्रपाले जनाएको छ।  

कार्कीले प्रदेश सभा सचिवालयमा आज विश्वासको मत लिने सम्बन्धी प्रस्ताव दर्ता गरेका हुन्। कोशी प्रदेशमा पार्टीको निर्णय विरुद्ध विद्रोह गरी काँग्रेसका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा कार्की शनिवार संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका थिए। अहिलेसम्मको अवस्थामा एमालेका ३९ र गठबन्धनका ४७ मतसहित कार्कीले ८६ मत पाउने देखिएको छ।  

प्रकाशित: १ कार्तिक २०८० ०५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App