१ वैशाख २०८२ सोमबार
image/svg+xml १२:३६ अपराह्न
राजनीति

बीपीको सालिकमा मोसो अराजनीतिक कार्य : डा.शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालगञ्जमा बीपी कोइरालाको सालिकमा मोसो दलिएको घटनाप्रति आपत्ति जनाएका छन् । 

आइतबार सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ पुस्तक लोकार्पण गर्दै कोइरालाले त्यसलाई अराजनीतिक कार्य भन्दै लोकतन्त्रवादीहरू यस्ता गतिविधिहरूबाट विचलित हुन नहुने बताएका हुन् ।

‘बीपीलाई नेपाली कांग्रेसले मात्र होइन सबै नेपालीले राजनेताको रूपमा मानेका छन् । त्यो घटनाले हाम्रो मनमा पक्कै केही असर गर्छ। स्वाभाविक हो,’ उनले भने, ‘यसबाट नेपाली कांग्रेस मात्रै होइन, कुनै पनि प्रजातान्त्रिक शक्तिहरू विचलित हुनुहुँदैन ।’

‘कात्रोको खल्ती’ कथा संग्रहले देशको अवस्था चित्रण गरेको उनले बताए ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित राजावादी समूहले शनिबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ मा रहेको बीपी कोइरालाको शालिकमा मोसो दलिएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको रहेको छ ।

प्रकाशित: २४ चैत्र २०८१ १६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App