सदरमुकाम गाईघाटमा एक बालिकामाथि जवरजस्ती गरेको आरोपमा २ युवा पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ११ गाईघाट पिपलचोक आसपास डेरा लिएर बस्दै आएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
गत शुक्रबारको घटनामा संलग्न भएको आरोपमा त्रियुगानगरपालिका १३ दनुवारी टोलका १९ वर्षीय बिकल दनुवार र सोही ठाउँका १५ वर्षीय एक बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार घटनामा संलग्न १६ वर्षीय अर्का बालक फरार छन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
बालिका बस्दै आएको डेरामै आरोपितहरु गएर जबर्जस्ती करणी गरेको प्रहरी भनाइ छ । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान बाँकी रहेको र आरोपितहरु पनि बालक भएकाले धेरै कुरा खोल्न नमिल्ने प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थपेर जबर्जस्ती करणी कसुरमा अनुसन्धान भईरहेको डिएसपी दोङले बताएका छन् ।
प्रकाशित: १३ माघ २०८२ १८:०९ मंगलबार





