सिरहा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिवशंकर यादवको जित सुनिश्चित भएको छ।
यहाँ रास्वपाका यादव फराकिलो मतसहित जित उन्मुख भएका हुन्।
कुल ७३ हजार १७५ मत खसेको यस क्षेत्रमा पाँच वटा वडाको मत मात्र गन्ती गर्न बाँकी छ। हालसम्मको मतगणना परिणामबाट रास्वपाका उम्मेदवार शिवशंकर यादवले ३४ हजार ३९७ मत प्राप्त गरेका छन्।
उनलाई नेपाली कांग्रेसका रामचन्द्र यादवले १० हजार ९२० मतसहित पछ्याउँदै छन्।
शिव कांग्रेसका यादव भन्दा २३ हजार ४७६ मतले अगाडि छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ १७:२८ शनिबार





