२८ असार २०८३ आइतबार
image/svg+xml
निर्वाचन विशेष

बारा १ मा रास्वपाका धिमाल विजयी

बारा निर्वाचन क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमाल भारी मतान्तरले निर्वाचित भएका छन्।

धिमालले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकीभन्दा २५ हजार बढी मतान्तले निर्वाचित बनेका हुन्।

धिमालले ३९ हजार ९९८ ल्याउँदा बुढाथोकीले १४ हजार २२३ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले ११ हजार ६४५ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ १८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App