भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफल रूपमा भएको भन्दै नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार जीवन्त रूपमा प्रयोग गरेको देख्दा अत्यन्त खुसी लागेको बताएका छन्।
उनले नेपालको लोकतान्त्रिक यात्राको एक गौरवपूर्ण क्षणको रूपमा चित्रण गर्दै भारतको छिमेकी मुलुकको हैसियतमा नेपालसँग विकास र स्थिरताको पक्षमा सधैं सहयोगी रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘एक नजिकको साथी र छिमेकीका रूपमा भारत सधैं नेपालका जनता र यहाँ बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध छ। निर्वाचनपछिको नयाँ कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउँदै साझा शान्ति, प्रगति र समृद्धिका लागि नयाँ उचाइ चुम्ने विश्वास छ।’
प्रकाशित: २३ फाल्गुन २०८२ १७:१९ शनिबार





