२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

हारपछि ओलीले भने- बालेन बाबु, बधाई !

भारी मतान्तरसहित पराजित भएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्।

अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै ओलीले सामाजिक सञ्जालमार्फत शाहलाई शुभकामना व्यक्त गरेका हुन्।

सामाजिक सञ्जालमा ओलीले लेखेका छन्, ‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्– हार्दिक शुभकामना !’

केहीबेरअघि सार्वजनिक अन्तिम मतपरिणामअनुसार बालेन ६८ हजार ३ सय ४८ मतसहित निर्वाचित भएका छन्। उनले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रतिस्पर्धी केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।

एमाले अध्यक्ष ओली १८ हजार ७ सय ३४ मतमा सीमित भएका छन्। उनीहरूबीच ४९ हजार ६ सय १४ मतको अन्तर देखिएको छ। निर्वाचित भएसँगै शाहले मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूबाट प्रमाणपत्रसमेत ग्रहण गरिसकेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ २०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App