३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

मोरङ १ मा रास्वपाका यज्ञमणि न्यौपाने भारी मतान्तरले विजयी

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपाने भारी मतान्तरका साथ विजयी भएका छन्। 

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार न्यौपानेले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ९ हजार ८ सय ४५ मतको अन्तरले पराजित गरेका हुन्।

विजयी न्यौपानेले २७ हजार ३ सय ६७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले १७ हजार ५ सय २२ मत प्राप्त गरिन्।

यसैगरी, नेपाली कांग्रेसका खड्गबहादुर फागो ११ हजार ९ सय ८६ मतका साथ तेस्रो स्थानमा रहेका छन् भने नेकपा (एमाले) का घनश्याम खतिवडाले ९ हजार ८ सय २३ मत प्राप्त गरेका छन्। मोरङ क्षेत्र नं. १ मा रास्वपाको यो जितले यस क्षेत्रको परम्परागत राजनीतिक समीकरणमा ठुलो परिवर्तन ल्याएको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ २०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App