प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगी भारी मतान्तरका साथ विजयी भएकी छिन्। अन्तिम मत परिणाम अनुसार २९ वर्षीया डाँगीले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ३५ हजार १ सय ३० मतको विशाल अन्तरले पराजित गरेकी हुन्।
विजयी डाँगीले ४५ हजार ६ सय ८० मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ५४ वर्षीय केशव राज पाण्डेले १० हजार ५ सय ५० मत मात्र प्राप्त गरे।
झापामा युवा उम्मेदवार निशा डाँगीको यो जितलाई वैकल्पिक राजनीतिको बलियो उदयका रूपमा हेरिएको छ।
प्रकाशित: २३ फाल्गुन २०८२ २०:३० शनिबार





