२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

रास्वपाले फागुन पहिलो साता ‘वाचापत्र’ सार्वजनिक गर्ने, मस्यौदा कार्यदलको नेतृत्व डा. वाग्लेलाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ‘वाचापत्र’ तयारीको कामलाई तीव्रता दिएको छ।

पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गठित ‘वाचापत्र मस्यौदा कार्यदल’ ले अहिले मस्यौदा लेखनको काम गरिरहेको हो।

कार्यदलमा डा. नन्दन यादव, डा. अरनिको पाण्डे लगायतका विषय विज्ञहरूको सहभागिता रहेको छ।

वाचापत्रलाई वस्तुपरक र व्यावहारिक बनाउनका लागि भौगोलिक, व्यावसायिक तथा क्षेत्रगत रूपमा विभिन्न सुझावहरू संकलन गरिएको छ।

साथै, पार्टीको आन्तरिक संयन्त्रबाट आएका सुझावहरूलाई समेत समेटेर मस्यौदालाई अन्तिम रूप दिने काम भइरहेको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार सबै प्रक्रिया पूरा गरी आगामी फागुनको पहिलो साताभित्र वाचापत्र सार्वजनिक गर्ने तयारी गरिएको छ।

प्रकाशित: १३ माघ २०८२ १८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App