१ वैशाख २०८२ सोमबार
image/svg+xml १४:१४ अपराह्न
समाज

‘हनी ट्रयाप’ पारेर पाँच लाख पैसा लिएको विरोधमा प्रदर्शन

एक युवालाई ‘हनी ट्रयाप’ मा पारेर पाँच लाख रुपैयाँ युवतीका परिवारले लिएको विरोधमा सुनसरी हरिनगर गाउँपालिका वडा नं. २ भुटाहामा आइतबार केहीबेर तनावग्रस्त बन्यो ।

हरिनगर गाउँपालिका वडा नं. २ का २३ वर्षीय माजिद अन्सारीलाई सोही ठाउँकी  युवतीले माया प्रेमको विषयलाई ‘हनी ट्रयाप’ मा पारेर शनिबार राति पाँच लाख रुपैयाँ परिवारले लिएको थियो । त्यही विषयलाई लिएर युवा पक्षीय समूहले आइतबार भुटाहामा प्रदर्शन गरियो । सो क्रममा युवती पक्षीय समूह पनि प्रदर्शनमा उत्रियो । जसले गर्दा ठूलो संख्यामा प्रहरी परिचालन गरेपछि कुनै अप्रिय घटना हुन पाएन् ।

‘दुई पक्षीय भिडन्त हुन नदिनका लागि प्रहरी परिचालन गरियौँ,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले भने । उनका अनुसार दिउँसो २ बजेदेखि तनाव साम्य हुन पुग्यो । समयमै ठूलो संख्यामा प्रहरी परिचालन नगरिँदा भने मानवीय क्षति हुने खतरा रहेको थियो ।

युवासँग युवती पक्षीयले लिएको पाँच लाख रुपैयाँ पैसा फिर्ता गरेपछि सहज भएको हनिरगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए । ‘केटी पक्षले लिएको पैसा फिर्ता गर्न लगाएपछि शान्त हुन पुग्यो,’ उनले भने, ‘केटी पक्षले केटा पक्षलाई ब्लाक मेल गरेको पाइन्छ ।’ केटी पक्षले गल्ती भएको स्वीकार गरी पैसा फिर्ता गरेकाले गर्दा अहिले भुटाहाको अवस्था शान्त रहेको छ ।

प्रेम सम्बन्धमा रहेकी युवतीलाई परिवारले दबाब दिएर प्रेमी युवालाई घर भित्रै बोलाएर कुटपिट गरेको र पाँच लाख रुपैयाँ तिरेका थिए । ‘पैसा तिरुन्जेलसम्म पनि केटा पक्ष मौन छन्, जब पैसा तिरी सके अनि पैसा फिर्ता माग्न के गर्ने त भनेर प्रदर्शनमा उत्रिएको पाइन्छ,’ प्रहरी स्रोतले भने, ‘यसबारे प्रहरीलाई भने कुनै जानकारी छैन ।’ प्रहरीका अनुसार समाजका केही अगुवासहित केटी पक्षले पैसा लिए र प्रदर्शनपछि उनीहरूकै सहमतिमा पैसा फिर्ता गरेको पाइन्छ । 

प्रकाशित: २४ चैत्र २०८१ १४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App