१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

राहुललाई संगठित अपराधमा मुद्दा

सुन तस्करी प्रकरण

इलेक्ट्रोनिक सिगरेट (भेप)मार्फत सुन तस्करीलाई सहयोग गरेको आरोप लागेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरासँग सुन तस्करीमा संलग्न रहेका दाओजिन वाङसँग एक सय ४७ पटक सम्पर्क भएको देखिएको छ।

 प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनमा उनीहरूबीच भेपमार्फत आएको सुन छुटाउन सो कुराकानी भएको उल्लेख छ।

सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्दै बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार पूर्वसभामुख महराका छोरा राहुल महरालाई प्रमुख प्रतिवादी बनाइएको छ।

सिआइबीको अनुसन्धानको क्रममा भेप छुटाउन पहल गरेको स्वीकार गरेका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लिएको बयानमा बाबु छोरा दुवै जनाले भन्सारमा भेप अड्किएको र त्यसलाई छुटाउनका लागि भन्सार प्रमुखलाई फोनबाट र भेटेर पहल गरेको स्वीकारेका थिए। तर छोरा राहुललाई मात्रै मुद्दा दायर गरिएको छ। कृष्णबहादुर महरालाई भने उन्मुक्ति दिइएको छ।

सरकारी वकिल कार्यालयले राहुलविरुद्ध काठमाडौं जिल्ला अदालमा तीनवटा अभियोगमा मुद्दा दायर गरिएको छ। सिआइबीको अनुसन्धानका आधारमा दायर अभियोगपत्रमा राहुलविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी अभियोग लगाइएको छ।

सोही मुद्दामा सर्लाहीको राजघाट घर भई काठमाडौँको सीतापाइला बस्ने लोकेन्द्रकुमार पौडेल, तिब्बती मूलका बेल्जियन नागरिक दाबा छिरिङ र काठमाडौं बौद्ध बस्ने निमा गुरुङलाई पनि अभियुक्त बनाइएको छ।

यीमध्ये पौडेललाई राहुलसँगै पक्राउ गरी अदालतमा पेस गरिएको छ भने गुरुङ फरार छन्। छिरिङ यसअघिकै सुन तस्करीसम्बन्धी मुद्दाको पुर्पक्षका क्रममा थुनामा रहेका थिए। त्यही क्रममा सिआइबीले बयान लिएको थियो।

२०७९ पुस १० गते दुबईबाट आएको जहाजमा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको प्रकरणमा राहुलको अत्याधिक फोन सम्पर्क देखिएपछि उनीमाथि अनुसन्धान भएको थियो। करिब आठ करोड ५५ लाख २८ हजार रूपैयाँ बरारको सुन तस्करीमा उनले सरकारी निकायलाई प्रभावमा पारेको अभियोग लागेको छ।

उक्त सुन चिनियाँ नागरिकले ली हाङसोङले ७३ बट्टामा सात सय ३० वटा विद्युतीय चुरोटमा लुकाएर ल्याएका थिए।

भेपमार्फत आएका सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि ली भने चीन भागेका थिए। भन्सारमा भएको सुन छुटाउन दाओजिन वाङले पूर्वसभामुख महरालाई प्रयोग गरेका थिए।

तस्करीमा संलग्न रहेका चिनियाँहरूसँग महरा परिवारको राम्रो सम्बन्ध रहेको र राहुलले आर्थिक लाभका निम्ति तस्करसँग मिलेमतो गरेको आशंका गर्दै सिआइबीले अनुसन्धान गरेको थियो। भन्सारबाट भेपमार्फत आएको छुटाउन महराका बाबुछोराले प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ तथा भन्सारका प्रमुख प्रशासक अरूण पोखरेलले बारम्बार फोन गर्ने, भेट्ने र एमएमएसबाट समेत दबाब दिएको सरकारी वकिलले पेस गरेको अभियोगपत्रमा उल्लेख छ।

चिनियाँ नागरिक दाओवाजिन वाङको आग्रहमा भन्सार कार्यालयमा अड्किएको भेपलाई पूर्वसभामुख महराले भन्सार प्रमुख अरूण पोखरेललाई फोन गरेको र राहुलले निमित्त भन्सार प्रमुख मुक्तिप्रसाद श्रेष्ठलाई भेटरै आग्रह गरेको स्वीकार गरेका छन्। तर सिआइबीले पूर्वसभामुख महरालाई उन्मुक्ति दिएर छोरा राहुल महरालाई मुद्दा चलाउनुपर्ने राय दिएको छ।

राहुल महरासँगै तिब्बती मूलका बेल्जियन नागरिक दाबा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारीचालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाइपछि आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रूपैयाँ बिगो कायम गरिएको छ। भेपका रूपमा ल्याइएको वस्तु शंकास्पद देखिएपछि तत्कालीन समयमा विमानस्थल भन्सार कार्यालयले होल्ड गरेको थियो। त्यसपछि भेप छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुलले समेत दबाब दिएका थिए।

महरा बाबुछोराले दाओजिन वाङबाहेक दुई सय ५६ पटक फोन गरेर सुन छुटाउने प्रयास गरेको यसअघि सिआइबीको प्रतिवेदनमा उल्लेख थियो। गत असार २७ मुद्दा दायर भए पनि महराका बाबुछोरालाई उन्मुक्ति दिइएको थियो।

भन्सारमा रहेको ई–सिगरेट सुन ल्याउने समूहमा चिनियाँ नागरिक ली हाङसोङ, वाङ दाओजिङ, लोकेन्द्र पौडेल, निमा गुरुङ, राहुल महरालगायतले सम्पर्क सूत्रको काम गरेका थिए।

भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत र गार्डसमेत मिलेर ई–सिगरेटमा भएको सुन निकाली करिब नौ करोडको सुन करिब ६ करोड रूपैयाँमा बिक्री गरी जग्गा खरिद गरेका थिए। पुस १० मा सुन लिएर दुबई हुँदै आउने चिनियाँ नागरिक ली सातपटकसम्म नेपाल आएको 

प्रकाशित: २५ आश्विन २०८० ००:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App