१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल

राष्ट्रिय सभामा सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ।

राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ।

बैठकमा सञ्चारमन्त्री शर्माले ‘राष्ट्रपतिबाट यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेपछि छलफल अघि बढेको हो।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएसँगै विभिन्न राजनीतिक दलका सांसदले आफ्नो धारणा राखिरहेका छन्।

प्रकाशित: ७ जेष्ठ २०८० ०८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App