क्षतविक्षत पार्टी कार्यालयमा एमालेको संविधान दिवस, ओली देखिएनन् (तस्बिरहरू)
नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको छ।
नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको छ।
आज सवारी साधन, कलकारखाना र विभिन्न मेशनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइएको छ।
नवनियुक्त मन्त्री कुलमान घिसिङ जेन-जी आन्दोलनका घाइतेलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। ऊर्जा, भौतिक योजना र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाए लगत्तै उनी शिक्षण अस्पताल पुगेका हुन्।
पहिलो चरणमा प्रधानमन्त्री कार्कीले तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीका लागि पूर्व प्रशासक र कानुनी क्षेत्रका व्यक्तिहरूको नाम टुंगो लगाएकी छन्।
सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले सचिवहरूसँग भेटघाट गरेकी छन्। पदबहालीसँगै उनले भेटघाट गरेकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदहरूलाई श्रद्धाञ्जली दिएकी छन्। प्रधानमन्त्री कार्कीले आइतबार बिहान सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन्।
नागरिक आफ्नो पेसा व्यवसायमा संलग्न हुन थालेका छन् भने सडकमा पनि सवारीको चाप बढ्न थालेको छ।
शुक्रबार उनीहरूले शीतल निवासअगाडि नाराबाजीसहित प्रदर्शन गरेका हुन् । युवाहरूले अन्तरिम सरकार प्रमुखका लागि घिसिङ वा साम्पाङमध्ये एक जनालाई बनाउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।
क्यानडाको भ्यानकुभरमा जेन–जी पुस्ता र हिन्दुबुद्धिष्ट फाउन्डेसनले मिलेर नेपालमा भ्रष्टाचारविरुद्धको आन्दोलनमा शहीद जेनजीप्रति श्रद्धाञ्जली दिएका छन्।
शीतलनिवास वरपर सेनाले सुरक्षा तैनाथी बढाएको छ। सडकका दुवै तर्फका लेनमा सेनाले तारबार पनि लगाएको छ। शीतलनिवास छिर्ने गेटमा ब्यारिकेड राखेर सुरक्षा तैनाथी बढाएको छ।
जेन-जी पुस्ताका युवाहरूले आ-आफ्नै समूह बनाएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, उज्यालोको संवाहक भनेर चिनिएका कुलमान घिसिङ, काठमाडौँ महानगरका मेयर बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्ने माग राखिरहेका छन्। अहिले देश शून्यतामा गएको छ।
गत बिहीवार औपचारिक रूपमा वसन्तपुरस्थित हनुमानढोका क्षेत्रमा सुरु भएको जात्रा अन्तिम दिन महिलाहरूले रथ तानेर समापन गर्ने परम्परा भए पनि यस वर्ष त्यसो गर्न सकेनन्। यस विधिलाई नेवारी भाषामा नानीचाया: भनिन्छ।
त्रिचन्द्र क्याम्पसमा संविधानको रक्षा माग्दै प्रदर्शनमा आएका विद्यार्थीलाई जेन–जी समूहले रत्नपार्कतर्फ लखेटेको छ। नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका नेताहरूले प्रदर्शन गर्न खोजेका थिए।
सडक मार्ग बन्द भएका कारण हवाई यात्राको माग बढेको हो। यता अन्तर्राष्ट्रिय उडानतर्फ पनि यात्रुको चाप बढेको छ। तर केही यात्रु भने अलपत्र परेका छन्। बैदेशिक रोजगारीमा जाने यात्रुहरूको टिकट नआएकोले उनीहरू अलपत्र परेका छन्।
मंगलबारको आन्दोलनका क्रममा कारागारका बन्दीहरू देशभरबाट भागेका छन्। रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकालेपछि सबैतिर बन्दीहरू भाग्न थालेका हुन्।
नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएका छन्। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन्।
ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक स्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर गर्न सेनाले पुनः आग्रह गरेको छ।
भ्रष्टाचारबाट कमाएको सम्पत्तिले जनता र नेताका परिवारबिच आर्थिक असमानता बढाएको भन्दै सामाजिक सञ्जालमा प्रदर्शन गरेका उनीहरूले सडकमा आन्दोलन गरेका छन्।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ।
महानगरपालिकाले वडा नं. ५ लगनखेलमा रहेको नेपाल सरकारको नाममा श्रेस्ता कायम भएको कि नं. १०५ क्षेत्रफल १७-०-०-० जग्गाको फिल्ड बुकमा पोखरी जनिएको (परापूर्वकालदेखि लामो इतिहास बोकेको) ऐतिहासिक न्हुः पोखरीको जग्गामा अतिक्रमण गरेर बनाइएको संरचना भत्काएको हो। महानगरपालिकाले ३५ दिने सूचना टाँसेर दिएको समयसीमा नाघेपछि आइतबार संरचनाहरु भत्काएको हो।
नेवा गुठी मेलबर्न अस्ट्रेलियाले मेलबर्नमा आयोजना गरेको इन्द्रजात्रा पर्वमा नेपाली समुदायसहित अन्य समुदाय सहभागी भए। आयोजकका अनुसार नेवार समुदाय र अन्य समुदाय मिलेर पहिलोपटक मेलबर्नमा यो कार्यक्रम आयोजना गरिएको हो।
नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन शुक्रदेखि गोदावरीस्थित सनराइज सभा हलमा सुरु हुँदैछ। उद्घाटनअघि स्थलभित्र र बाहिर चहलपहल बढेको छ। प्रतिनिधि, पर्यवेक्षक, सञ्चारकर्मी र अतिथिहरूलाई व्यवस्थापन गर्न स्वयंसेवक सक्रिय छन्।
काठमाडौंको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि शुक्रबार कुमारीहरूको सामूहिक पूजा गरिएको छ। इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको छ।
शिक्षक महासंघले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको छ।