
खेल
उज्यालो नेपालका संवाहकका रूपमा चिनिएका कुलमान घिसिङ र सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पक्षमा युवाहरूले नाराबाजी गरेका छन् ।
शुक्रबार उनीहरूले शीतल निवासअगाडि नाराबाजीसहित प्रदर्शन गरेका हुन् । युवाहरूले अन्तरिम सरकार प्रमुखका लागि घिसिङ वा साम्पाङमध्ये एक जनालाई बनाउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।
युवाहरूको नाराबाजीपछि नेपाली सेना रोक्ने प्रयाससहित तयारी अवस्थामा छ ।
तस्बिर : दिपेश दर्शनधारी/नागरिक




