त्रिचन्द्र क्याम्पसमा संविधानको रक्षा माग्दै प्रदर्शनमा आएका विद्यार्थीलाई जेन–जी समूहले रत्नपार्कतर्फ लखेटेको छ। नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका नेताहरूले प्रदर्शन गर्न खोजेका थिए।
पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडक-खण्डमा ग्याँस ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ई–रिक्सामा सवार ९ जना घाइते भएका छन्।
सजाय दिनुपर्ने ठाउँमा पुरस्कार दिएर जिताएका यस्ता नक्कली पात्रहरूको गोहीका आँसु समाजले बेलैमा नबुझे, भोलि अझ धेरै दुःख भोग्नुपर्ने अवस्था आउन सक्ने बस्नेतले बताए।