प्रधानमन्त्री सुशीला कार्कीले सचिवहरूसँग भेटघाट गरेकी छन्। सिंहदरबारमा पदबहालीसँगै उनले भेटघाट गरेकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
सुनसरीको देवानगन्ज– ३ को कप्तानगन्जमा तीनजनाको मृत्यु भइसकेको घटनामा सरकारले सहमति गरेका माग पूरा नगरेसम्म निरन्तर आन्दोलन जारी राख्ने पीडितले घोषणा गरेका छन्।
आर्थिक वर्ष २०७९/८० मा रु २० अर्ब २४ करोड १८ लाख ३८ हजार राजस्व संकलनको लक्ष्य दिइएकामा रु १४ अर्ब चार करोड ५९ लाख २० हजार राजस्व संकलन भएको थियो। त्यसबेला लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशत रहेको थियो।