राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकार गठनको दौडमा सहभागी नहुने निर्णय गरेको छ।
राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार अबेर बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणमा हुने गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको हो।
बैठकले राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय तथा निर्देशनअनुसार बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय सर्वसम्मतिले पारित गरेको छ। राप्रपाले सरकार गठनका लागि हुने सत्ता समीकरणमा सहभागी नहुने स्पष्ट गरेसँगै बागमती प्रदेशमा सरकार गठनका लागि दलहरूबीचको अंकगणित थप पेचिलो बनेको छ।
प्रकाशित: २२ श्रावण २०८३ १०:१९ शुक्रबार





