२३ श्रावण २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

पाँच बुँदे सहमतिपछि इन्टर्न चिकित्सक डिल्ली हरिजनले तोडे अनशन

एमबिबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच शुक्रबार पाँच बुँदे सहमति भएपछि उनले अनशन तोडेका छन्।

सहमतिअनुसार एमबिबीएस, बीडीएसलगायत एकवर्षे इन्टर्नसिपमा स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा साउन २८ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा छलफल गरिनेछ। छलफलको निष्कर्ष चिकित्सा शिक्षा आयोगको बैठकमा पेस गरिनेछ।

त्यस्तै, इन्टर्न तथा आवासीय चिकित्सकको कार्यघण्टा श्रम ऐनअनुसार समान बनाउन समिति गठन गर्ने, मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क छानबिन गरी फिर्ता गराउने र स्वीकृत शुल्क मात्र लिनुपर्ने व्यवस्था कार्यान्वयन गर्ने सहमति भएको छ।

एमबिबीएस र बीडीएस विद्यार्थीका लागि छात्रावास अनिवार्य नभई वैकल्पिक बनाउने चिकित्सा शिक्षा आयोगको पूर्वनिर्णय कार्यान्वयन गर्न अनुगमन तथा आवश्यक छलफल गर्ने सहमति पनि भएको छ।

सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसाल नेतृत्वको वार्ता टोली र हरिजन पक्षबीच सहमति भएको हो।

प्रकाशित: २२ श्रावण २०८३ १९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App