भुंग्रोमा नाच्दै कुल पूजा (फोटो/भिडियो)
बारीमा दाउराको ठूलो चाङ बल्दै थियो। घरीघरी भगवान्को जयजयकार र निरन्तर मंगल धुनको झन्कारले चिसो रातलाई चिरिरहेझैं लाग्थ्यो।
बारीमा दाउराको ठूलो चाङ बल्दै थियो। घरीघरी भगवान्को जयजयकार र निरन्तर मंगल धुनको झन्कारले चिसो रातलाई चिरिरहेझैं लाग्थ्यो।
यतिबेला जुम्ला हिउँले सेताम्य बनेको छ। अघिपछि उराठ लाग्दा डाँडाकाँडाहरु अहिले सेताम्य छन्। यस्तो देखिन्छ– मानौं जुम्लाको धर्ती यतिबेला हिउँको गलैंचाले सजाइएको होस्।
तामाङ समुदायको चाड सोनाम ल्होसार शनिबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।
र्याप गायक यम बुद्ध (अनिल अधिकारी)को सम्झनामा बसन्तपुर दरबार क्षेत्रमा दीप प्रज्वलन गरिएको छ। दीप प्रज्वलनसहित दरबार क्षेत्रमा राखिएको खाली व्यानरमा हस्ताक्षर गरी उनीप्रति समर्थक सर्वसाधारणले श्रद्धान्जली व्यक्त गरेका थिए।
मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका थारु समुदायले राजधानीको टुँडीखेलमा सामूहिक रुपमा माघी पर्व मनाएका छन्। थारु विद्यार्थी समाज तथा विभिन्न २९ थारु संघ–संस्थाको संयुक्त आयोजनामा महोत्सवको आयोजना भएको हो।
मकर स्नानका लागि देवघाटघाममा शनिबार भिडभाड निकै बढेको छ। माघे संक्रातिका दिन नुहान नेपालबाट मात्रै नभई सीमावर्ती भारतीय क्षेत्रहरुबाट पनि भक्तजनहरु देवघाटधाम आउँछन्।
विगत वर्षहरू झैं यस वर्ष पनि पाैषशुक्ल पूर्णिमा(बिहीबार)देखि श्री स्वस्थानी व्रतकथा शुरू भएकाे छ। काठमाडाैंकाे उत्तरी भेगमा रहेकाे साँखुस्थित सालीनदीमा बिहीबारदेखि २०३ जनाले स्वस्थानी व्रत अारम्भ गरेका छन्।
नेकपा एमालेकाे नेतृत्वमा ९ वटा विपक्षी दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन्। संविधान संशाेधन प्रस्तावप्रति चर्काे असहमति जनाउँदै अाएका दलहरूले प्रदर्शनी मार्गमा उक्त सभाकाे अायाेजना गरेका हुन्।
नेकपा एमालेले बिहीबार अपरान्ह राजधानीमा हजाराैं मोटरसाइकल एकैपटक सडकमा गुडाएर र्याली प्रर्दशन गर्याे।
विभिन्न सांस्कृतिक गतिविधिले भिडभाड रहने राजधानीको प्रज्ञा प्रतिष्ठानमा बुधबार भने शोकाकुल माहोल थियो। प्रज्ञा प्रतिष्ठानमा कलाकार विष्णुभक्त फुँयालप्रति अन्तिम श्रद्धाञ्जली दिन देशका नेता देखि कलाकार पुगेका थिए।
दोलखा स्थित लामोसाँघु–जिरी सडक खण्डको खरिढुङ्गा। सोमबार परेको हिमपातले यो क्षेत्रको उत्तर तर्फ बोच गाउँ भन्दा माथिल्लो भाग र दक्षिण तिर निगाले, बाघखोर हुँदै डाँडै डाडा शैलुङ सम्म सेतै भएर छपक्कै ढाकिएको छ।
उपराष्ट्रपति नन्दबहादुर पुनले कन्यामस्थित चिया बगानको अवलोकन भ्रमण गरेका छन्। उनलर् शनिबार पर्यटकीय क्षेत्र कन्यामको चिया बगानको अवलोकन भ्रमण गरेका हुन्।
राजधानी उपत्यकाको धुलो, धुवाँ र अस्तव्स्तताबाट ग्रसित यी नजरलाई चितवनको हरियली, स्वच्छ हावा पानीले मोहित बनाएको छ। उपत्यकाको यस शहररुपी मानव जंगलबाट बाहिर निस्किएर केही दिनको चितवन भ्रमणले मलाई साँच्चिकै कुनै काल्पनिक स्वर्गमा पुगेर पुनः मर्त्यलोकमा फर्किएजस्तो अनुभूति भएको छ।
त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोह बिहीबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजको खेल मैदानमा सम्पन्न भएको छ। समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कूलपति पुष्पकमल दाहालले विभिन्न शंकामा उत्कृष्ट हुने विद्यार्थीलाई पदक तथा पुरस्कार प्रदान गरे।
सौराहामा जारी १३ औं हात्ती महोत्सवमा मंगलबार बिभिन्न कार्यक्रम भए। त्यस मध्ये हात्तीको बनभोज निकै आकर्षक थियो। आयोजकका अनुसार बनभोजमा करिव १ सय हात्ती सहभागि भएका छन्। बनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो। हात्तीको लागि स्याउ देखि खिर सम्मको व्यवस्था आयोजकले गरेका थिए।
पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा सोमबार देखि चितवन हात्ती महोत्सवको सुरु भएको छ।
सदरमुकाम धादिङबेसीमा नेपाली कांग्रेस धादिङको पार्टी कार्यालय भवन शिलान्यायपछि नजिकै औपचारिक कार्यक्रम सुरु हुँदै थियो। कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व अर्थमन्त्री रामशरण महत, मिनेन्द्र रिजाल लगायत ठूला नेताहरुको आशनग्रहण भयो। त्यतिबेलासम्म करिब ५० भन्दा बढी नेता तथा अन्य अतिथिहरुको आशनग्रहण भइसकेको थियो।
काठमाडौंको आकास भएर उडान भर्ने आन्तरिक र वाह्य गन्तव्यका जहाजका यात्रुलाई हिमाली दृश्यले रोमाञ्चित बनाउँछ। मानौं यात्रुहरु माउन्टेन फल्लाइटको अनुभव संगाल्दै छन्।
वर्षा बिना नै हिमालपारिको जिल्ला मुस्ताङको घमीमा गत आइतबार भीषण बाढी आयो । बाढीपछि घमीका बासिन्दा त्रसित छन्। बाढी आएको ढाकमर खोलामा अझैपनि लेदो पानी बग्न रोकिएको छैन। बाढी आउनुको कारण पहिल्याइदिन गाउँलेले सरकारसँग माग गरेका छन्।
पौवासारतापको वियजटार भन्ने ठाँउमा फलेको सुन्तला देख्दा त्यहाँ पुग्नेहरु दङ्ग पर्छन् । यहाँ घरैपिच्छे बोटमा लटरम्मै सुन्तला फलेका छन्। बोटले नै थाम्न नसक्ने गरी सुन्तला फलेपछि यहाँका कृषकहरुले टेको दिएर अड्याएका छन्।
नेकपा एमाले भातृ संगठनहरू युवा संघ नेपाल र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले संविधान संशाेधन विधेयककाे विराेध गर्दै संयुक्त रूपमा काठमाडाैंकाे नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।
आफ्नो परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै आज पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदैछ। विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचर्तुदशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ।
गत वर्षकाे महाभूकम्पमा परेर ध्वस्त भएका हजाराैं घर, सार्वजनिक तथा धार्मिक सांस्कृतिक भाैतिक संरचना निर्माण हुन अझै बाँकी नै छ । यद्यपी, सरकारकाे मुख नताकी नागरिककाे तहबाट पनि कतिपय संरचनाहरू पुनर्निर्माण भइसकेका छन्।
शनिबार दिउँसो भृकुटिमण्डप आसपास मानिसहरुको बाक्लो भिड लागेको थियो। यसै त सार्वजनिक विदाका दिन भिडभाड हुने यस क्षेत्रको माहोल दिन ढलेसँगै तात्दै थियो।