चन्द्रमा पृथ्वीको नजिक अाउँदा (फाेटाे/भिडियाे)
करिब ७ दशक अन्तरालमा चन्द्रमा साेमबार पृथ्वीको सबैभन्दा नजिक आइपुगेको थियाे। पृथ्वीको नजिक आएको यो ठूलो र बढी उज्यालो चन्द्रमा सुपरमुन नेपाललबाट कस्ताे देखियाे? हेराैं फाेटाे र भिडियाेः
करिब ७ दशक अन्तरालमा चन्द्रमा साेमबार पृथ्वीको सबैभन्दा नजिक आइपुगेको थियाे। पृथ्वीको नजिक आएको यो ठूलो र बढी उज्यालो चन्द्रमा सुपरमुन नेपाललबाट कस्ताे देखियाे? हेराैं फाेटाे र भिडियाेः
सुन्दर प्राकृतिक छटाले भरिएको चन्द्रागिरि शिखरमा पुगेर काठमाडौं उपत्यकालाई नियाल्ने जो कोही प्रकृतिको सुन्दर रचना देखेर आश्चर्य चकित हुन्छन्। न हुन् पनि किन ? कुनै काल्पनिक स्वर्गभन्दा के कम छ र चन्द्रागिरि ? २२/ २४ राज्यहरुलाई जित्दै देश एकीकरणमा निश्किएका पृथ्वीनारायण शाहले चन्द्रागिरि शिखरमा पुगेर यही उपत्यकालाई नियालेपछि उनले उपत्यका जितेर आफ्नो बनाउने अठोट गरेको इतिहास छ।
हरेक शनिबार आयोजना हुने बागमती सरसफाइ कार्यक्रम अन्तर्गत हरेक शनिबार आयोजना हुने बागमती सरसफाइ कार्यक्रम अन्तर्गत १८३ औँ हप्तामा चलिरहेको सरसफाइ अभियान यो शनिबार पनि सम्पन्न भएको छ।
नेपाल–जापान मैत्रिपूर्ण सम्बन्धकाे ६० अाैं वर्षगाँठका अवसरमा काठकाडाैंकाे दशरथ संगशालामा बिहीबार विश्वकै ठूलाे अाकारकाे थाङ्का प्रदर्शनी शुरू भएकाे छ।
बिहान सबेरै चियाको चुस्की लिँदै झ्यालबाट मुस्कुराउँदै गरेको हिमालको दृश्य देख्न पाउँदा परमानन्दको महसुस गर्छु। दिनभरिको भागदौड र अस्तव्यस्तताबाट थकित अवस्थाबीच मुस्कुराइरहेको हिमालको रोचक दृश्य देख्दा साँच्चिकै थकानहरु मेटिएको आभाष हुन्छ।
सूर्यकाे प्रकाशकाे चमकमा रारा अाफ्नाे रंग फेरिरहन्छ। त्यसैले पर्खेर रारालाई हेर्दा बदलिरहने उस्काे रुपले समय घर्केकाे पत्ताे हुँदैन। रुप मात्र हैन राराले गति पनि फेर्दाे रहेछ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार दिउँसो पौने १ बजे जनकपुरबाट पोखरा आउनेछन्। उनी भोलि नै दिउँसो ४ बजे पोखराबाट काठमाडौं फर्कनेछन्। जनकपुरबाट बुद्ध एयरको चार्टर जहाज चढेर मुखर्जी पोखरा आउने कार्यक्रम रहेकाे छ। तीनघण्टा जति मुखर्जी पोखरा रहनेछन्। त्यसपछि सिधै काठमाडौं फर्कनेछन्।
नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अहिले भर्खरै स्वागत गरिन्।
चट्टाने पहाडका पैताला अँट्ने साना बाटाहरु निकै खतरनाक लाग्छन्। थकाइले शरीर लखतरान भएको बेला भिरमा हिँडिरेका नाउर देख्दा मन रोमाञ्चित हुन्छ।
यमपञ्चकको दोस्रो दिनलाई नरक चतुर्दशी अर्थात् कुकुर तिहार भनिन्छ। कुकुर तिहारका दिन कुकुर पूजा गरिन्छ। कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ। घरको सुरक्षा गर्ने हुँदा कुकुरको बेग्लै महत्व छ। घर पालेको कुकुरको पूजा गरेर, माला लगाएर मीठो खानेकुरा दिने चलन छ।
कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले नेतृत्व गरेको धुर्मुस-सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमुना बस्ती आज स्थानीयलाई हस्तान्तरण हुँदैछ। मेलम्ची नगरपालिका-८ गिरानचौरमा बनेको सामुदायिक भवनसहित ६७ घरको बस्ती फाउन्डेसनको तर्फबाट एक कार्यक्रमबीच राष्ट्रपति विद्या भण्डारीले पीडितलाई हस्तान्तरण गर्दैछिन्।
राजधानीमा बुधबारबाट दशौं फूल मेला शुरु भएको छ। आयोजकले यसलाई मेलामा मात्र सीमित नगरी फूलको व्यवसायीक उत्पादन गर्दै आएका पुष्प व्यवसायीहरुबीचको प्रतियोगितात्मक प्रर्दशनीको रुपमा समेत अघि बढाएको छ।
समुद्र सतह देखि ८ हजार २ सय फिट उचाइमा रहेको पौवाभञ्याङबाट बिहानी समयमा चादीँझै टल्किएको हिमाल छर्लङ देखिन्थ्यो। कुम्र्भकर्ण, कञ्चजंघा हिमाल एकातर्फ खुलेका थिए भने अर्कोतर्फ मकालु, सगरमाथा लगायतका हिमाल देखिन्थे। मेची राजमार्गमा यात्रा गर्ने कोहि गाडी रोकेर, कोहि गाडीको झ्यालबाट हिमाल च्याउँदै हिडेको देखिन्थ्यो।
तिहार आउनै लाग्दा ललितपुरको खोकनाका कृषकलाई भने धान भित्र्याउन भ्याइ नभ्याइ छ। बिहानको सूर्योदयदेखि सूयार्स्तसम्म खेतमै धान काट्ने र चुट्नेलगायतको काममै व्यस्त देखिन्छन्। असारमा रोपेको धान कात्तिक लगेसँगै कृषकलाई भित्र्याउन चटारो भएको हो। यो वर्ष समयमा मनसुन अाएकाले धान उत्पादन बढ्ने कृषकहरू बताउँछन्।
जब मलाई फुर्सद हुन्छ, म पशुपतिनाथ मन्दिर पुग्छु। त्यहाँ वरिपरिको वातावरणमा रमाउँछु। काठमाडौँको पूर्वी क्षेत्रमा रहेको बाग्मती किनारमा अवस्थित पशुपतिनाथमा भगवान शिवका भक्तजनहरुको भिड लाग्न गर्छ। यो हिन्दू धर्मवालम्बीहरुको आस्थाको केन्द्र पनि हो। तर म प्रत्येक पटक पशुपतिनाथ क्षेत्रमा जाँदा केही न केही नयाँ तथ्यको खोजी गर्छु।
नेकपा एमालेले शनिबार चियापान कार्यक्रम अायेजना गरेकाे छ । धुम्बाराहीस्थित शङ्खपार्कमा दिउँसो १२ देखि ३ बजेसम्म गरिएकाे चियापान कार्यक्रममा विभिन्न राष्ट्रिय भेशभूषामा सजिएका कलाकारले झाँकी प्रदर्शन गरे।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना परिवारका सदस्यलाई टीका लगाइदिएकी छन्। शितल निवासमा राष्ट्रपति भण्डारीले आफन्तलाई टीका लगाइ दिएकी हुन्। राष्ट्रपतिको हातबाट टीका थाप्न राष्ट्रपति निकास पुगेका थिए। शितल निवासमा मंगलबार शुभसाइतमा कान्छी छोरी तथा परिवारका अन्य सदस्यलाई टीका तथा जमरा लगाइदिएकी थिइन्।
दसैँ मान्नका लागि राजधानी काठमाडौँबाट लाखौँको सङ्ख्यामा सर्वसाधारण बाहिरिएपछि उपत्यका प्रायः सुनसानजस्तै बनेको छ । उपत्यकाका तीनवटै जिल्लाबाट २२ लाखभन्दा बढी मानिस विभिन्न गन्तव्यमा गएका छन् जसका कारण उपत्यकाका मुख्य बजार, सडक चोकका पसल बन्द छन् । सडकमा पातलो सङ्ख्यामा सवारी साधन गुडेका छन् । मानिसको चहलपहल पनि न्यून छ । पर्याप्त सवारी नचल्दा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् ।
विश्व पर्यटन दिवस ‘मनाएको देखाउन’ देशका विभिन्न सहरमा लाखौं रुपैयाँ खर्चेर दर्जनौं औपचारिक–अनौपचारिक सभा–समारोह आयोजना भइरहेका छन् । तर, यही दिवस मनाउन विश्व साइकलयात्री पुष्कर साहसहितका युवा भने पूर्वी पहाडका हिलाम्य कच्ची सडकमा ‘पिडौंला फर्काउँदै’ साइकलमा पाइडल मारिरहेका छन् ।
शनिबार दशरथ रंगशालामा मोटरसाइकल ‘स्टन्ट’ हेर्न उल्लेख्य भिड जुटेको थियो। व्यवसायिक रुपमा ‘स्टन्ट’ गर्दै आएका सहासी मोटरसाईकल चालकहरुले देखाएको कलाबाजी हेरेर उपस्थित दंग थिए।
इन्द्रजात्राको अर्को आकर्षण परम्परागत पुलुकिसी अर्थात् ऐरावत हात्तीको जात्रा मंगलबार मनाइँदै छ। स्थानीय लाकुलाछेंटोलबाट सुरु हुने पुलुकिसी जात्राले भक्तपुरका वंशगोपाल, इटाछें, दरबारस्क्वायर, सूर्यमढी लगायत स्थानको परिक्रमा गर्ने प्रचलन छ।
वर्षाका देवता देवराज इन्द्रको पूजाआराधना गरी उपत्यकामा बिहीबार परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ। वर्षेनी भाद्र शुक्ल चतुर्दशीमा पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरसहित धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।
राजधानीमा आइतबारदेखि निरन्तर पानी परिहरेको छ। सामान्य पानी पर्दासमेत जलमग्न हुने राजधानीका सडक आइतबारदेखि परेको पानीपछि ‘पोखरी’मा परिणत भएका छन्। राजधानीका मुख्य रुपमा सहिदगेट, तीनकुने, पुलतीसडक, जमललगायतका सडकमा पानीको उचित निकास नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्।
फोटो पत्रकार क्लवको आयोजनामा भएको ‘आइएमई–ग्लोबल–आइएमई’ ‘नेपाल फोटो प्रतियोगिता–२०७३’ मंगलवार सम्पन्न भएको छ। नेपाल आर्ट काउन्सिलमा भाद्र १६ देखि ६ दिनसम्म प्रदर्शनी चलेको थियो। प्रदर्शनीमा नेता, कलाकार, व्यवसायी, विद्यार्थी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको क्लबद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ।