१० माघ २०८२ शनिबार
image/svg+xml
विजय गजमेर
विजय गजमेर नागरिकका फोटो पत्रकार हुन्। 

विजय गजमेरका लेखहरु :

देशैभरि वन डढेलोको पिरलो

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मुलुकका अढाइ सयभन्दा बढी स्थानमा डढेलो लागिरहेको छ।

बाढीपहिरोले सास्ती

वर्षाका कारण मुलुकका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। बाढी-पहिरोका कारण कतै डुबान त कतै सडक अवरुद्ध हुँदा जनजीवनमा प्रतिकूल असर परेको हो। बबईको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन्।

प्रचण्डको धम्कीसँग प्रधानमन्त्री देउवा डराए: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीबाट डराएको बताएका छन्।

एमाले जिल्ला अधिवेशन: कतै सहमति, कतै निर्वाचन

दाङ, बर्दिया र पाल्पामा जिल्ला नेतृत्व सर्वसम्मत चुनिएका हुन्। दाङमा हुकुमबहादुर बस्नेतको नेतृत्वमा जिल्ला कमिटी सर्वसम्मत चयन भयो। यसैगरी पाल्पामा धनेन्द्रराज अधिकारी तथा बर्दियामा लालबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ।

जनता : राज्यको सम्पत्ति कि दायित्व?

आज पनि वैयक्तिक अनुभवबाटै सुरु गर्छु। केन्द्रीय र प्रदेश सरकार चुन्न मैले जीवनमा पहिलोपटक मतदान गरेँ। केन्द्रमा संघीय सरकार अनि प्रदेशमा प्रदेश सरकार बनाउन सांसद चुन्ने मेरा लागि पहिलो मतदानको अनुभव थियो। २०४८ र २०५१ को चुनावमा मेरो उमेर नै पुगेको थिएन।

दलालको दलदलमा विकास

विकास र समृद्धि यतिबेला खुबै चलेका शब्द हुन्। तर यी दुई शब्दका अन्तर्यमा जस्तो परिभाषा विद्यमान छ त्यो कम्ती चाखलाग्दो छैन। विकास र विकासे सञ्चारको विद्यार्थी भएका नाताले स्वाभाविक रूपमा मैले यसलाई आलोचनात्मक चेतले हेर्न पाएँ। यद्यपि मेरा सीमितता छन्। मैले यहाँ प्रस्तुत गरेका विचार मेरा निजी अनुभव हुन्।

विनय विनाका कम्युनिस्ट

आफ्नै संस्मरणका पोया फुकाएर सन्दर्भ सुरु गर्न चाहन्छु। २०४९ सालतिर डोटीको उच्चाकोटस्थित सीताराम माविमा ८ कक्षामा पढ्दै थिएँ। एकदिन अचानक तीन–चार जना विद्यार्थीको समूह आएर हाफटाइमको समूहमा सानो आमसभा जस्तै गरे।

भक्तपुरमा ‘मौतका कुवा’ (भिडियो)

भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलामा ८ करोडको व्यापार भएको छ।

काठमाडौं महानगरमा एमालेले खाता खोल्यो, १ नं. वडामा भरतलाल श्रेष्ठ विजयी

काठमाडौं महानगरपालिकामा एमालेले खाता खोलेको छ। काठमाडौं वडा नम्बर १ अध्यक्षमा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका हुन्। उनले १०३५ मत ल्याएर विजय हाँसिल गरे। काँग्रेसका भोला थापाले ६३२ मत पाए।

परिवर्तनका लागि सशक्त बनौं (भिडियो)

अन्तराष्ट्र्रिय नारी दिवस मनाइरहँदा नेपाली समाजमा महिलामाथि हुने हिंसाका घटनामा कमी आएको देखिँदैन। सार्वजनिक यातायातमा यात्रा गर्दा महिलाले भोग्ने दुर्व्यवहार, महिनावारीको छुवाछुत, बलत्कार, बेचबिखन, बालविवाह, गर्वपतन, बोक्सीको आरोप र घरेलु हिंसाबाट नेपाली महिला पीडित छन्।

संविधान संशाेधनविरूद्ध एमालेकाे प्रदर्शन

नेकपा एमाले भातृ संगठनहरू युवा संघ नेपाल र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले संविधान संशाेधन विधेयककाे विराेध गर्दै संयुक्त रूपमा काठमाडाैंकाे नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।

दशरथ रंगशालामा सहासिक मोटरसाइकल 'स्टन्ट' (फोटो/भिडियो)

शनिबार दशरथ रंगशालामा मोटरसाइकल ‘स्टन्ट’ हेर्न उल्लेख्य भिड जुटेको थियो। व्यवसायिक रुपमा ‘स्टन्ट’ गर्दै आएका सहासी मोटरसाईकल चालकहरुले देखाएको कलाबाजी हेरेर उपस्थित दंग थिए।

बिगमार्टमा अनुगमन टोलीको छापा, सिल तोड्ने कर्मचारी पक्राउ

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले सोमबार कालोपुलस्थित बिगमार्टको गोदाममा छापा मार्‍यो। काठमाडौंको नाम चलेको सुपर स्टोरको गोदाममा मिति सकिएका सामग्री पाइएपछि टोलीले सिलबन्दी गरेर कार्यालय फर्किएको थियो।

रसाएका आँखा क्यामेराले छेक्दै तस्बिर खिचेँ [ब्लग]

मनले त एक कुनामा बसेर सुँकसुकाउँ जस्तो लाग्थ्यो तर पेशागत धर्म निभाउन म त्यहाँ निशब्द भएर उभिएको थिएँ।   सिमसिम पानी परिरहेको थियो । लाग्थ्यो, मौसमले पनि शोक मनाइरहेको छ, अविराम आँशु झारेर । शोकाकुल आफन्तजन आकाशबाट बर्सेको पानी तर्काउन ओत लागेर बसेका थिए । तर आँखाबाट बर्सेको भल तर्काउन हम्मे थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्