१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

भक्तपुरमा ‘मौतका कुवा’ (भिडियो)

भक्तपुर– भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलामा ८ करोडको व्यापार भएको छ। 

नयाँ वर्षको अवसरमा गत चैत २३ गतेदेखि सञ्चालन भई बुधबार सम्पन्न भएको मेला दुई लाखभन्दा बढीले अवलोकन गरेको आयोजक औद्योगिक शान्ति नेपालले जनाएको छ।

मेलामा २०० भन्दा बढी दैनिक उपभोग्य सामग्रीको स्टलसहित विभिन्न मनोरञ्जनात्मक बाल उद्यान, रोटेपिङ, मारुती सर्कस (माैतका कुवा), कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घरलगायत बालबालिकाका लागि खेल सामग्री राखिएको थियो। 

दर्जनौं राष्ट्रिय कलाकारको प्रस्तुति रहेको मेलामा तराई क्षेत्रमा खेलिने प्रशिद्ध कुस्ती र राष्ट्रिय नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको थियो। 

प्रकाशित: ६ वैशाख २०७५ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App