२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

पर्यटकीय रिसार्टमा जुवा, सवा पाँच लाख नगदसहित १५ जना पक्राउ

चितवन-मेघौलीमा रहेको एक पर्यटकीय रिसोर्टबाट प्रहरीले पाँच लाख ३० हजार रुपैयाँ नगदसहित कौडा खेल्दै गरेका १५ जनालाई गिरफ्तार गरेको छ ।चितवन जिल्ला प्रहरी कार्यालयले शुक्रबार दिएको जानकारी अनुसार नारायणी नगरपालिका वडा नं. १ मेघौली गोलाघाटमा रहेको गोलाघाट रिसोर्टबाट बिहीबार मध्यरातमा उनीहरु समातिएका हुन् ।
रिसोर्टमा जुवा खैल्दै गरेको सूचनाको आधारमा प्रहरी निरीक्षक नारायण खड्काको नेतृत्वमा गएको टोलीले उनीहरुलाई समाएको हो । प्रहरीले नगदसहित १६ थान कौडा र कौडा खेल्न ओछ्याइएको एक थान तन्ना पनि बरामद गरेको छ । प्रहरीले यसअघि कात्तिक २७ गते पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १ बाट पनि कौडा खेल्ने चारजनालाई समाएको थियो ।
रत्ननरगमा कौडा खेल्नेहरुको साथबाट ५३ हजार सात सय ९० रुपैयाँ बरामद भएको चितवन प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरु विरुद्ध जुवा ऐन २०२० अन्तर्गत मुद्दा दर्ता चितवन जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित: ४ मंसिर २०७२ ०६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App