इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरको प्रहरी नायव उपरीक्षक मनोजकुमार यादवको नेतृत्वमा खटिएको टोलीले पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा सर्लाहीको विभिन्न ठाउँबाट राजधानीका लागि हिँडेका बसहरु चेकजाँच गर्दा समानहरु बरामद भएको जनाएको छ।
चेकजाँचका क्रममा प्रहरीले ना ५ ख ४०७३ नम्बरको राजदेवी यातायतको बसबाट एक लाख भन्दाबढी मूल्य बराबरको पटाका, ना ५ ख ६५९९ नम्बरको शिवपार्वती बसबाट दुई पोका कपडा बरामद गरेको प्रहरी नायव उपरीक्षक यादवले बताएका छन्।
यसैगरी गैंडाटार वनक्षेत्रबाट लाखौं मूल्य बराबरको सालको गोलिया काठ सर्लाहीतर्फ ना १ च ८८०३ नम्बरको पिकअप भ्यानमा लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। जंगलमै तस्करहरुले सालको गोलीया काठ चिरान गरी पिकअपमा राखेर लैजाँदै गरेको अवस्थामा बाग्मती पुलबाट प्रहरीले बरामद गरेको हो। प्रहरी गस्ती टोलीलाई तस्करहरुले देख्ने वित्तिकै पिकअप र काठ छाडेर फरार भएको प्रहरीले जनाएको छ। बरामद गरिएको करिब तीन लाख ५३ हजार भूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
काठ र पिकअप दुवैलाइ आवशयक कार्यवाहीका लागि जिल्ला बन कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको र विस्फोटक पदार्थलाइ पानिमा राखेर नस्ट गरेको तथा कपडालाइ गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायव उपरिक्षक यादवले बताए ।
मधेश आन्दोलनको फाइदा उठाउदै सर्लाहीका विभिन्न नाका भएर तस्करीको मालसमान राजधानीतर्फ यात्रुवाहक बसमा राखेर लैजाँदै गर्दा रौतहट प्रहरीले एक महिनामा करिव साठी लाख भन्दाबढीको अवैध मालसमान पक्राउ गरिसकेको बताएकाे छ।
प्रकाशित: ८ आश्विन २०७२ ०३:४७ शुक्रबार





