अनुसन्धान अधिकारीका अनुसार कलवारले ती बालकको अपहरणको योजना बुन्दै नारायणटारको बालकको डेराबाट गौरीघाटसम्म बालकलाई ल्याउने जिम्मा शर्मालाई दिए । बालकलाई राख्ने जिम्मा आफुले लिए ।
योजना अनुसार शनिबार शर्मा नारायणटार गएर विहान १० वजे ८ वर्षीय बालकलाई घुम्न जाने भन्दै फकाउँदै गौरीघाटसम्म ल्याएर कलवारको जिम्मा लगाए । कलवारले दिनभर बालकलाई गौरीघाट र पशुपति क्षेत्रमा घुमाएर बेलुका उनलाई पशुपतिको सत्तलमै सुताए । बालक कुर्न थिङ बसेका थिए ।
आइतबार विहान थिङले बालकलाई उठाएर सत्तलबाट कुमारीगालमा रहेको आफ्नो डेरामा ल्याएर राखेका थिए । उता कलवारले गिरीलाई फोन गरेर छोरा सकुशल चाहिने हो भने ७० हजार ल्याउनु भन्दै फोन गरेर धम्क्याएका थिए ।
बारम्बार फोन मार्फत धम्की आएपछि गिरीले प्रहरीलाई जानकारी गराए । अनुसन्धानका खटिएको टोलीले शर्मालाई पक्राउ गरेपछि बालक थिङको कोठामा रहेको खुलेपछि प्रहरीले आइतबार बालकको उद्धार गरी दुबै जनालाई पक्राउ गरेको थियो ।
डिएसपी थापाका अनुसार प्रारम्भिक अनुसन्धानमा काम गरेवापतको पैसा नदिएपछि अपहरणको योजना बनाइएको देखिएको बताए । थिङ र शर्मा पक्राउ परे पनि कलवार भने फरारै छन् । पक्राउ परेका दुबै युवालाई महाशाखाले थप अनुसन्धानका लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
प्रकाशित: २५ श्रावण २०७२ ०७:५१ सोमबार





