घरमा खेलिरहेकी बालिकालाई घरबाटै समातेर करणीको प्रयास गर्ने कोहलपुर–२ कौशिलानगरका २२ वर्षीय वीरबहादुर परियारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बुधबार साँँझ करणीको प्रयास गरेका परियारलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो ।
पीडित बालिकाको तर्फबाट जर्वजस्तीकरणी प्रयासको उजूरी परेको डिएसपी टिकाबहादुर केसीले बताए । थप अनुसन्धान भैैइरहेकोले अनुसन्धापछि मद्दा दर्ता गरिने उनले बताए । आरोपिलाई हदैसम्मको कारवाही हुने प्रहरीले जनायो ।
प्रकाशित: १४ श्रावण २०७२ ०७:५२ बिहीबार





