मान्छेहरूमा एउटा भ्रम मौजुद हुन्छ। उनीहरू भ्रमित हु"दै सोच्दछन् कि, संसारमा प्रायः सबै कुकुरहरू भुक्ने श्रेणीका नै हुन्छन्। तर, मेरा एक जना कुकुर–चिकित्सक मित्र छन्। उनी भन्छन्, 'सबै कुकुरले भुक्ने हैसियत राख्दैनन्।'
'अनि टोक्ने हैसियत नि?' मैले सोधे"।
'टोक्ने हैसियत त झन् संसारका सीमित कुकुरले मात्रै राख्छन्। संसारमा यति धेरै कुकुर छन् कि, जसले अरूलाई टोक्ने त के झम्टिने कुरासमेतको कल्पना गर्न सकिन्न,' ती मित्रले गम्भीर हु"दै भने, 'संसारमा यस्ता कुकुर पनि छन्, जसलाई हिंसा, आक्रमण, रिस, राग, द्वेष, कटुता, वैरभाव भन्ने कुरा कुन शब्दकोषमा पाइन्छ भन्नेमा रत्तिभर ज्ञान छैन। उनीहरू सदा शान्तचित्त रहन्छन्, आफ्नै संसारमा निमग्न हुन्छन्। त्यस्ता कुकुरहरूको तुलना संसारका अरू कुकुरहरूस"ग गर्नु अन्याय हुन जानेछ।'
मैले ती मित्रलाई सोधे", 'यदि, संसारमा कुनै कुकुरले भुक्ने हैसियत राख्दैनन् भने त्यसलाई कुकुरको तहमा राख्ने कि नराख्ने? जब कुकुर नामधारी कुनै जन्तुले भुक्न चाह"दैनन् भने त्यसलाई कुकुर भन्ने कि नभन्ने? मलाई लाग्छ, कुकुरको असली पहिचान भुक्नुमा नै छ। यदि, भुकेनन् भने तिनीहरूको पहिचानमा नै आशंकाका अनेक विम्ब, प्रतिविम्ब उत्पन्न हुन सक्छन्। तिनीहरू पहिचानको महान् संकट झेल्न बाध्य हुनुपर्नेछ, कुनै पनि बेला/कुनै पनि पल। म चाहन्छु, पहिचानको सन्दर्भमा तिनीहरू खरो र सक्रिय ढंगले उभियून्।'
मेरा साथी केही क्षण गम्भीर मुद्रामा प्रस्तुत भए। उनको गम्भीरता यति पौराणिक खालको प्रतीत हुन्थ्यो कि, उनी कुनै महाभारतकालीन पात्र हुन्, जसले युद्धका विभीषिकाहरूलाई नजिकैबाट नियालिरहेका छन्। उनले भने, 'संसारमा भुकेर मात्रै केही पनि हु"दैन। अहिलेसम्म भुक्नेहरूले के हात पारे? जसले भुक्छ, ऊसित केवल आवाज मात्रै हुन्छ। तर, जो भुक्न र टोक्न पनि सक्छ, ऊसित सबैथोक हुन्छ। तसर्थ, भुक्नेहरूस"गस"गै टोक्नेहरूको पनि आवश्यकता छ, यो संसारमा। मलाई लाग्छ, भुक्नु र टोक्नु अन्तरसम्बन्धित कुरा हुन्।'
म त्यति अनभिज्ञ छैन, भुक्ने र टोक्नेहरू दुवैथरीको बाहुल्य छ, यो संसारमा। र, भुक्नेहरू आफ्नै हैसियत, ओहोदा र शानसहित भुकिरहेका छन् र टोक्नेहरूले पनि आफ्नै इच्छा, स्वाद र अनुभूतिअनुरूप अरूहरुलाई टोकिरहेका छन्, चिथोरिरहेका छन्। सन्तुष्टिको चरम मार्ग फेला नपरुन्जेलसम्म तिनीहरूले आफूभन्दा निर्धा, कमजोर र सामान्य वर्कतवालाहरूलाई आरामपूर्वक टोकिरहेका छन्, चिथोरिरहेका छन्। त्यसरी टोकाइ भोग्नेहरूको जिउबाट भलभल्ती रगत बगे पनि, पीडाका चिच्याहट उत्पन्न भए पनि र पीडाका अनगिन्ती तरेलीहरूलाई निर्ममतापूर्वक दबाइरहे पनि टोक्नेहरूले टोकी नै रहेका छन्। चिथोर्नेहरूले निरन्तर चिथोरिइरहेकै छन्। लाग्छ, यो कुनै मध्ययुगीन बर्बर युग हो, जहा" पीडा, बर्बरता र आहटको खेतीबारीमा बाह्रै महिना उब्जनी हुन्छ। र, फसल पनि राम्रैसितले लाग्छ।
आखिर, यो विश्व अहिलेसम्म भुक्ने र टोक्नेहरूकै अघोषित करकापमा जेलिइरहेको त रहेछ। तिनीहरूकै स्वतन्त्र वा अस्वतन्त्र जालोभित्र रुमल्लिएर अनिर्णित भविष्यबीच छरपस्ट मुस्कान छरिइरहेको छ भन्ने मलाई लाग्दछ।
नेता र कुकुरबीचको घा"टीको समस्यालाई हामीले साझा समस्याका रूपमा निरूपित गर्न हिच्किचाउनु नपर्ला। तर, नेता र कुकुरबीच एउटा अर्को महŒवपूर्ण समस्या पनि यथावत छ। अहिले संसारमा वातावरण प्रदूषण, सरसफाइको चर्को समस्याले निकै चर्चा पाइरहेको छ। तर, नेता र कुकुरबीच वातावरण प्रदूषण बिगार्नेमा उत्तिकै समानता छ। यी दुवै यस्ता प्राणी हुन्, कुन स्थानमा आफ्नो शरीरका नालायक पानी बाहिर फ्याँक्नुपर्ने हो, वा कुन स्थानमा फ्याँक्नबाट रोक्नुपर्ने हो; दुवैले ख्याल पुर्यारउँदैनन्। र, कुकुरको त के कुरा गर्नु, कुनै बिजुलीको पोल वा रूखको छेउ वा कुनै कुनाकाप्चातिर निर्धक्कसित, आरामपूर्वक आफ्नो थैलीमा जमिइरहेको तरल पदार्थ फ्या"क्न तम्सिइहाल्छ।
योभन्दा डरलाग्दो दृश्य त नेताहरूमा देखिन्छ। उनीहरूले वातावरण प्रदूषणमा यस्तो कीर्तिमान कायम गरेका छन् कि, कुन स्थानलाई फोहोरयुक्त बनाउनुपर्ने हो वा कुन स्थललाई सफासुग्घर राख्नुपर्ने हो, त्यसमा उनीहरूको ध्यान गए त मरिजाऊँ। उनीहरू आफ्नै संसारमा मस्त छन् र कुन ठाउ" सुग्घर बन्न लायक छ र कुन ठाउ"लाई प्रदूषणको बिल्ला भिराउ"दा आपत्तिजनक नहोला, उनीहरू त्यहीअनुरुप कार्य गर्न पछि हट्दैनन्।
म कुकुरप्रति त्यति नेगेटिभ पात्र होइन। यदि, कुकुरप्रति ममा नेगेटिभ धारणा उत्पन्न हुन्थ्यो भने म ती कुकुरलाई सिधै भनिदिन्थँे, 'मैले न त तिम्रा बाजेहरूको कुनै बिर्ता पाएर यो थलोमा थन्किन आएको हु" र न त तिम्रा बाजेहरूको मैले कुनै ऋण नै खाएको छु। यदि मलाई भुक्ने हो भने पनि विचार पुर्यायएर, सोचीसम्झी, आफ्ना पुर्खाहरूको इतिहासको उत्खनन गरेर मात्र भुक। संसारमा कसैलाई पनि बिनासित्ती भुक्न पाइ"दैन। एउटा कुकुर मलाई देखेर भुक्नै लागेको थियो। मेरो प्रतिक्रिया सुनेपछि उसले केही क्षण मुख बन्द गर्यो्। र, उसले विनित भावमा भन्यो, 'हामीले भुक्न पाउनुपर्छ।'
मैले सोधेँ, 'किन? किन भुक्न पाउनुपर्यो ?'
ती कुकुर केही आक्रमण मुद्रामा पेस भए र भने, 'हाम्रो काम नै भुक्ने हो। हामीले नभुके यो संसारमा अरू कसले भुक्छ। के तिमीहरू हाम्रो भुक्ने अधिकार कटौती गर्न चाहिरहेका छौ?' मेरो विचारमा म कुनै कुकुर–अधिकार कटौती गर्ने पक्षमा थिइनँ। तर, ती कुकुरले मसामु गम्भीर प्रश्न उठाएपछि केही क्षण गम्भीर बन्न पुगे"।
फेरि ती कुकुरले मलाई टोक्ने इच्छा देखाए। भुक्नेसम्मको कार्यलाई त मैले छुट दिएको थिए" तर टोक्ने इच्छा पनि जाहेर गरेपछि म निकै आक्रोशित भए"। मलाई के कारणले ती कुकुरले टोक्न चाहेको हो? म त्यसको जवाफ खोज्न चाहिरहेको थिए"। र, तुरुन्तै तिखा–तिखा दा"त तेर्स्याइरहेका ती कुकुरलाई मैले सतर्क तुल्याउ"दै भन"े, 'तिमी मलाई टोक्न धेरै नै उद्यत भइरहेका छौं र आफ्ना दा"त पनि निकै नै तिखा पारिरहेका छौ। तर, यदि मलाई टोक्ने हो भने धेरै दिमाग खियाएर, विचार पुर्यादएर मात्र टोक। अरूलाई टोक्नु त्यति राम्रो कुरा होइन। अहिलेसम्म संसारमा कसले कसलाई टोकेर ठूला र महान् भएका छन् र? त्यस्तै, मलाई तिमेरूले टोक्दा त्यसको कति ठूलो मूल्य चुकाउनुपर्नेछ भन्ने कुराको पूर्वहेक्का राखेर मात्र टोक। किनकि, संसारमा कसैले पनि कसैलाई टोक्न पाइ"दैन।'
ती कुकुर बम्किए, 'म तिम्रो भाषण सुन्न आएको होइन। तिम्लाई टोक्न आएको हु"। टोक्नुमा जति आनन्द यो संसारमा अरू कुन चिजमा छ र? तसर्थ, म तिमीलाई टोक्न चाहन्छु। मलाई टोक्नबाट रोक्न नखोज।' ती कुकुर निकै नै उत्तेजित मुद्रामा मसामु पेस भए।
कुकुरको अधिकार नै भुक्नु र टोक्नु हो। यदि, उसले भुक्न पाएनन् भने र टोक्न पाएनन् भने उसको अधिकार स्वतः खोसिएको ठान्नुपर्नेछ। किनकि, उसको नश्लीय पहिचान नै भुक्नु र टोक्नुमा नै छ। तसर्थ, म अहिले एउटा के निष्कर्षमा पुगे" भने, कुकुरको अधिकार कटौती गर्ने पक्षमा म छैन। म कदापि कुकुरको अधिकार काट्न चाहन्न। तर, मैले कुकुरको अधिकार काट्दा कुनै अरू प्राणीको अधिकार काटियो भने म त्यसको जवाफदेही हुन पनि सक्दिनँ। उसले क–कसलाई भुक्ने र क–कसलाई आरामपूर्वक टोक्ने भन्ने कुरा उसको अधिकारको कुरा हो।
कुकुरको अधिकार र अरू प्राणीको अधिकारमा समानता भएको भए संसारमा यस्तो समस्या सायदै उत्पन्न हुन्थ्यो होला!
प्रकाशित: १ श्रावण २०७२ २२:०८ शुक्रबार





