२७ पुस २०८२ आइतबार
image/svg+xml
अन्य

होटलमा युवती राखेर अनैतिक क्रियाकलाप गराउने पक्राउ

सुरुङ्गा- होटलमा युवती राखेर अनैतिक क्रियाकलाप गराउँदै आएका विर्तामोड निवासी होटल सञ्चालकद्वय पक्राउ परेका छन्। पक्राउ पर्नेमा फ्रेन्डसीप होटलका सञ्चालकद्वय विपिन कोइराला र उमादेवी कोइराला रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ। उनीहरूसँगै प्रहरीले अन्य तीन युवतीलाई समेत आज नियन्त्रणमा लिएको छ।
विगत लामो समयदेखि उक्त होटलमा यौनजन्य क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए। पक्राउ परेकामध्ये होटल सञ्चालकलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ। रासस

प्रकाशित: १४ माघ २०७१ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App