काठमाडौं– मकवानपुर सरिखेत पालसे-८ बस्ने २३ वर्षीय राजकुमार प्रजा, सोही ठाउँ बस्ने २८ वर्षीय बिनोद प्रजा सरिखेत-९ बस्ने २१ वर्षीय रामकुमार थिङलाई लागूऔषध गाँजा ४९ केजी, भरुवा बन्दुक २ थान र भरुवा बन्दुकमा लाग्ने फलामका टुक्रा २ थानसहित प्रहरीले सोमबार पक्राउ गरेको छ।गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरीले विनोदको घरमा १ सय केजी गाँजा फेला पारेको थियो। गाँजा नष्ट गर्नेक्रममा प्रहरीलाई अबैध भरूवा बन्दूक ताकेका थिए। प्रहरीले विनोदलाई बन्दुकसहित नियन्त्रणमा लिई घरमा तलासी लिँदा बिक्री गर्न राखेको थप २५ केजी गाँजा बरामद भएको थियो। भरूवा बन्दुक अनलोड गर्दा दुई वटा फलामका टुक्रा समेत प्रहरीले बरामद गरेको छ।
राजकुमारको घर आंगनमा ५ भारी बोटसहितको लागूऔषध गाँजा अन्दाजी ५० केजी फेला पारी जलाई नष्ट गरी घर खानतलासी गर्दा अन्दाजी २४ केजी लागूऔषध गाँजासमेत फेला परेको थियो । सोही क्रममा सरिखेत-९ को बाटो हुँदै लागूऔषध गाँजा लिई आउदै गरेको भन्ने बिशेष सूचनाका आधारमा सानो भावरस्थित बाटो छेउमा केही व्यक्तिहरूलाईदेख प्रहरीले रोक्न खोज्दा ४ जना भागेका र निज रामकुमार थिङलाई भरूवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो।
बरामद १० र ५ भारी बोटसहितको गाँजा गरी अन्दाजी १ सय ५० के.जी. स्थानीयको रोहबरमा प्रहरीले आगो लगाई नष्ट गरेको छ।
प्रकाशित: ५ माघ २०७१ ०६:१० सोमबार