राजविराज—सप्तरीको मलेकपुर गाविसमा आज एक महिलाले मट्टीतेल छर्केर आगोलगाई आत्महत्या गरेकी छन्। आत्महत्या गर्नेमा जिल्लाको मलेकपुर–२ निवासी बैजनाथ साहकी २७ वर्षीया श्रीमती अनुपमा साह रहेको प्रहरीले जनाएको छ।
अनुपमाले घरमा कोही नभएको बेलामा मौका छोपी आफैले आफ्नो शरीरमा मट्टीतेल खन्याई आगो लगाइएको सप्तरीका प्रहरी नायव उपरीक्षक केदार ढकालले बताए।गम्भीर घाइते भएकी उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याए पनि उपचार सम्भव हुन नसकेर थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदै गर्दा बीचबाटैमा मृत्यु भएको थियो।
मृतकको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस
प्रकाशित: ५ माघ २०७१ ०१:०३ सोमबार





