२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

सेकेन्ड लेफ्टिनेन्ट बनाइदिन्छु भनी २ लाख ४० हजार असुल्ने पक्राउ

काठमाडौं— नेपाली सेनामा सेकेण्ड लप्टन बनाइदिन्छु भनी ठगी गर्ने काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने रामेछाप कठजोर गाविस–४ घर भएका २४ वर्षीय मनोज बुढाथोकीलाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरीले बिहीबार पक्राउ गरेको छ।निजले उच्च पदस्थ व्यक्तिहरुसँग मेरो राम्रो सम्पर्क छ भनी डडेल्धुराका पदम धामीलाई सेकेण्ड लप्टन बनाइदिन्छु भनी गोरखा हर्मी–५ बस्ने टोपबहादुर थापामार्फत् २ लाख ३० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ।

गैरकानूनी तवरले लिविया, मकाउजस्ता मुलुकमा मानिस पठाउने कार्यमासमेत बुढाथोकी संलग्न रहेको भन्ने बुझिन आएकोले सो विषयमासमेत प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २५ पुस २०७१ ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App