२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

कोकिनसहित विदेशी युवती पक्राउ

काठमाडौं- युरोप लैजान हवाईमार्ग हुँदै नेपाल भित्र्याइएको कोकिनसहित ३ जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरोले २ किलो ८ सय ग्राम कोकिनसहित फिलिपिनो क्रिस्टिना अबेगर हारो, पाकिस्तानी नागरिक लुइस अर्थर र आयस्था हुसैनलाई पक्रेको हो।ब्युरो प्रमुख डिआइजी प्रतापसिंह थापाका अनुसार सुटकेसमा लुकाएर राखेको अवस्थामा काठमाडौं महानगरपालिका–२९ चाक्सीबारी मार्गको ट्र्याकर होम होटलमा छापा मारेर उनीहरुलाई पक्रेको हो। प्रहरीका अनुसार उनीहरुले सो कोकिन ब्राजिल हुँदै हवाईमार्गबाट नेपाल भित्र्याएका थिए। नेपालबाट पाकिस्तानको कराची पुगेर कोकिन युरोपेली मुलुक लैजाने योजना रहेको डिआइजी थापाले जानकारी दिए। 
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कारोबारी ब्राजिलबाट दुबई नेपाल र कराचीको रुटमा सक्रिय देखिएका छन्। ब्युरोका अनुसार फिलिफिनो महिला अबेगर एकवर्षे हाउस मेड भिसा लिएर पाकिस्तानी महिलाद्वय लुइस अर्थर र आयस्था हुसैनलाई लिएर ब्राजिल गएकी थिइन्। 
पाकिस्तानी महिला अबेगरभन्दा अगाडि नै काठमाडौं आएर ठमेलको ट्र्याकर होटलमा बसेकी थिइन्। उनले फिलिपिनो महिलालाई होटलमा बोलाएर सामान दिने क्रममा प्रहरीले पक्रेको थियो। उनीहरुका साथबाट नेपालबाट पाकिस्तानको कराची जाने टिकट र पाकिस्तानमा सायरा नामको पाकिस्तानी केटीको ठेगाना फेला परेकाले उनीहरु पाकिस्तान जाने योजनासहित नेपाल आएको प्रहरीको निष्कर्ष छ। 
ब्युरोका अनुसार नेपालमा फेला परेको कोकिनको परिमाणमा सोमबार फेला परेको सबैभन्दा बढी हो। उनीहरुको साथबाट २ वटा सुटकेसको समाउने डन्डीभित्र ४ सय ९० को दरले ९ सय ८० ग्राम, फुटपाउडरको सेतो बट्टाभित्र २ सय ग्राम, सोली आकारको बट्टाभित्र ३ सय ८५ ग्राम, कफीको २ वटा बट्टाभित्र २ सय ५० का दरले ५ सय ग्राम, स्याम्पुको बट्टाभित्र ३ सय ७५ ग्राम, कन्डिनेटरको ३ सय ९० ग्राम गरी ३ किलो ८ सय ग्राम कोकिन फेला परेको डिआइजी थापाले जानकारी दिए।
नेपालमा कोकिनसहित विदेशी नागरिक पक्राउ परेको यो तेस्रो घटना हो। चार महिनाअगाडि ब्युरोको टोलीले ब्राजिलबाट काठमाडौं आएका रेमन जुङ्गुलाई साढे २ किलो कोकिनसहित पक्रेको थियो। 
फ्लाई दुबईको विमानबाट काठमाडौं उत्रेका उनले कोकिनको क्याप्सुल बनाएर निलेका थिए। शंकाको आधारमा पक्राउ परेका उनलाई प्रहरीले प्रहरी अस्पताल लगेर चिकित्सकीय प्रणालीबाट कोकिनको क्याप्सुल निकालेको थियो। पेटको क्याप्सुल निकाल्न प्रहरीलाई ३ दिन लागेको थियो।
नेपालमा पहिलो पटक २ वर्Èअघि थाई नागरिक सुपारेरात सिन्तोस १ किलो कोकिनसहित पक्राउ परेकी थिइन्। माछा प्याक गर्ने टिनको बट्टाभित्र कोकिन राखेर पेरुबाट अर्जेन्टिना हुँदै उनी नेपाल आएकी थिइन्। उनी मलेसिया हुँदै युरोप जाने योजनामा रहे पनि नेपालमै पक्राउ परिन्। जानकार प्रहरी अधिकारी अत्यन्त मह“गो मूल्यमा बिक्री हुने कोकिनको लक्षित बजार युरोप भएको बताउँछन्। कारोबारीले ब्राजिल, पेरु लगायतका देशमा बन्ने सो लागूऔषध युरोपको बजारमा पुर्याआउन पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाउँदै आएको प्रहरी अनुसन्धानमा खुलेको छ। दक्षिण अमेरिकी देशमा उत्पादन हुने कोकिनलाई सिधै युरोपेली बजारमा भिœयाउन कठिन हुन थालेपछि कारोबारीको रुटमा नेपाल परेको सुरक्षा अधिकारीको विश्लेषण छ।

प्रकाशित: २६ जेष्ठ २०७१ २०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App