चौधरी राकेशकै कामदार हुन्। काम गर्न बसेको केही समयपछि उनी साढे दुई वर्षीय बालक लिएर बेपत्ता भएका थिए। राकेशले प्रहरीमा उजुरी गरेपछि महानगरीय प्रहरी अपराध महाशाखाले खोजी सुरु गरेको थियो।
विश्वस्त स्रोतका अनुसार दिनेश सिंह नेपाल-भारत सीमावर्ति क्षेत्रमा अपहरणमा कहलिएका अपराधि हुन्। उनी भारत मोतिहारी निवासी हुन्। पक्राउ परेका सहयोगी राजु चौधरीसमेत भारतीय नागरिक हुन्।
उनीहरुलाई बारा प्रहरीले एक सातादेखि खोजी गरिरहेको थियो। विश्वस्त स्रोतका अनुसार बारा प्रहरी प्रमुख एसपी ईश्वरबाबु कार्की आफैं प्रहरी टोली लिएर अपहरणमा परेका बालक र अपहरणकारीको खोजीमा खटेका थिए। उच्चस्रोतका अनुसार सोमबार बेलुका एसपी कार्की आफैंले भारतको मोतिहारी पुगेर बालकको उद्दार गरी नेपाल ल्याइसकेका छन्। स्रोतका अनुसार अपहरणबारे विस्तृत विवरण आज पत्रकार सम्मेलनमार्फत् बारा प्रहरीले सार्वजनिक गर्दैछ।
प्रकाशित: २६ जेष्ठ २०७१ २०:१५ सोमबार





