२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

सबैभन्दा ठूलो परिमाणको कोकिनसहित फिलिपिनो र पाकिस्तानी पक्राउ

काठमाडौं - तीन किलो कोकिनसहित फिलिपिनो र पाकिस्तानी नागरिक राजधानीमा पक्राउ परेका छन्। नेपालमा लागू औषध कोकिनसहित पक्राउ परेको यो तेस्रो घटना हो भने परिमाणका आधारमा यो सबैभन्दा ठूलो हो।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोको टोलीले राजधानीमा पक्राउ गरेको हो। यसअघि पक्राउ परेको सबैभन्दा ठूलो परिणाम कोकिन २ केजीको थियो। घटनाको विस्तृत विवरण प्रहरीले केही समयमा सार्वजनिक गर्दैछ।

महँगा लागू औषधमध्ये शीर्ष स्थानमा रहेको कोकिनको मूल्य प्रति किलो स्थानअनुसार ३५ हजार अमेरिकी डलरसम्म पर्ने गर्छ। यो लागू औषध नेपालमा खपत हुने नभइ ओसारपसारको मार्गमात्र रहँदै आएको छ। लागू औषध तस्करका लागि नेपाल ट्रान्जिट रहँदै आएको छ।

प्रकाशित: २६ जेष्ठ २०७१ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App