२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

नाडाललाई फ्रेन्च ओपन

पेरिस– राफल नाडालले नवौं पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्। आइतबार नोभाक जोकोभिचलाई ३–६,७–५,६–२,६–४ ले हराउँदै नाडालले उपाधि रक्षा गरेका हुन्। नाडालको त्यो १४ औं ग्रान्डस्लाम उपाधि हो। विश्व नम्बर १ नाडाल लगातार पाँचौं पटक फ्रेन्च ओपन जित्ने पहिलो खलाडी बनेका छन्। फ्रेन्च ओपनमा कीर्तिमान बनाएका नाडालले ६६ खेल जितेका छन् भने अहिले सम्म १ मात्र खेल हारेका छन्।सर्वाधिक ग्रान्ड स्लाम उपाधि जित्नेमा पिट साप्राससँग संयुक्त रुपमा दोस्रो स्थानमा रहेका नाडाल अघि रोजर फेडेरर मात्र छन्। २८ वर्षे नाडालभन्दा फेडेरर झन्डै ५ वर्ष जेठा छन्। सबै खाले (४) ग्रान्ड स्लाम जित्ने जोकोभिचको योजना यो पटक पनि सफल हुन सकेन। यसअघि ७ खेलाडीलेमात्र सबै ग्रान्ड स्लाम जितेका छन्। दुई वर्षअघि पनि जोकोभिचले उपविजेतामा चित्त बुझाउनुपरेको थियो। 
'हरेक क्षण महत्वपूर्ण हुन्छ। हरेक अंकका लागि संघर्ष गर्नुपर्छ,' नाडालले फाइनलपछि भने, 'त्यसमाथि जोकोभिचविरुद्ध खेल्नु भनेको ठूलो चुनौती हो। म उनीसँग पछिल्ला ४ खेल हारेको थिए। मलाई उनका लागि दुःख लागेको छ। उनी यो प्रतियोगिताका हकदार हुन्। मलाई विश्वास छ एक दिन उनले यो सफलता प्राप्त गर्नेछन्।'
नाडालले जित्दाको क्षणलाई उत्साजनक र भावुक रुपमा उल्लेख गरे। 'पिठ्युको समस्याका कारण यो वर्ष म अस्ट्रेलियन ओपनको फाइनलमा पराजित भएको थिए,' उनले भने, 'आज टेनिसले मलाई साथ दिएको छ। अस्ट्रेलियाको घटना यहाँ दोहोरिन पाएन।' आइतबारको नाडालको २० औं र जोकोभिचको १३ औं ग्रान्ड स्लाम फाइनल थियो।

प्रकाशित: २५ जेष्ठ २०७१ २०:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App