एक्काइसौँ शताब्दीको 'पोस्ट मोडर्न' मानव जीवनमा जटिल र समस्याग्रस्त छ। प्रेमीप्रेमिका पनि ढुक्कसँग मायाप्रेम गर्न सक्ने स्थितिमा छैनन्। हिजोआज ब्वाईफ्रेन्ड र गर्लफ्रेन्डबीच भेट्दा वा छुट्टिँदा किस नगरे त फेन्डसिप खल्लो हुन्छ। प्रेमीप्रेमिकाको त बिछोडै होला भन्ने डर हुन्छ। किस त गर्ने, तर त्यसमा पनि समस्या छ। अहिलेका कतिपय मानिसको छेउमा गयो कि श्वास ह्वास्स गन्हाउँछ।
श्वास गन्हाउने समस्याका कारण किस गर्नु 'नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार' भनझैँ ठूलो टेन्सनको विषय बनेको छ। यस्तोमा अहिलेका युवाको समस्या बुझेर वैज्ञानिकले श्वास जाँच्ने उपकरण निर्माण गरेका छन्। उपकरणमा ब्रेथलाइजरमा जस्तै गरी फु गरेपछि यसले श्वास गन्हाएको/नगन्हाएको जनाउ दिन्छ। यसले युवायुवतीलाई आफ्नो श्वास नगन्हाएको जनाउ दिएपछि उनीहरू ओठ जोडेर मजाले किस गर्न सक्छन्। प्रकाशित: ३१ भाद्र २०६९ ०२:१८ आइतबार





